
भैरहवा– नागरिक उड्यन क्षेत्रको सुधार सम्बन्धी उच्चस्तिरिय अध्ययन तथा सुझाब समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सोझै व्यवस्थापकिय निगरानीमा सञ्चालन गर्न सुझाब दिएको छ ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय यात्रु सेवा आकर्षित बनाउन मन्त्रीपरिषदले विभिन्न निर्णयहरु गरेको थियो। मन्त्रीपरिषदले गरेका निर्णयहरु पालना गराउन प्रधानमन्त्री कार्यालयबाट सोझै व्यवस्थापकिय निगरानी गर्न भनिएको हो। यसप्रकारको निगरानी बैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण इकोसिष्टमको स्थापना र सफल सञ्चालन नभएसम्म रहिरहनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ।

