२०८२ फाल्गुन २३ गते, शनिबार १४:०९
  • ४० वर्षपछि लुम्बिनी आएका श्कार्लोसले भनेः अहिले धेरै परिवर्तन भएछ

    गौतम बुद्ध विमानस्थलबाट जान पाउँदा खुशी छु



    लुम्बिनी– जमनी नागरिक श्कार्लोसले हालै लुम्बिनी भ्रमण गरे। लुम्बिनीमा होटल व्यवसायी तथा सञ्चारकर्मी खिम श्रेष्ठले उनलाई भेटेका थिए। श्रेष्ठसँग श्कार्लोसले भ्रमणको अनुभव यसरी बताएका थिए।

    पहिलो पटक म सन १९८६ मा लुम्बिनी आएको थिए। त्यसबेला भन्दा अहिले लुम्बिनी धेरै परिवर्तन भइसकेको रहेछ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेछ। यहीबाट बैंकक उडान गर्न पाउँदा म धेरै खुशी छु। काठमाडौंको वरिपरि पहाडले घेरेको छ। त्यसको तुलनामा गौतम बुद्ध विमानस्थल धेरै राम्रो र सुरक्षित छ। ४० वर्ष पहिला आउँदाको लुम्बिनी र अहिले आउँदा धेरै फरक पाएँ। तर लुम्बिनीमा बन्दै भत्काउँदै गर्ने काम चाँही नगर्नुहोला । दिगो खालको विकास गर्नुहोला।सफा सुघर राख्नुहोला तपाईको घर सफा छ । त्यस्तै लुम्बिनी सफा राख्नुहोला। यहाँका नेपाली जनता राम्रो छन्।