
लुम्बिनी – लुम्बिनी विकास कोषको सदस्यसचिवमा दीपक श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गोरखाका दीपक श्रेष्ठलाई कोषधो सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
गत असोजमा सानुराजा शाक्य कार्यकाल सकिएपछि सो पद खाली थियो। कोषका बरिष्ठ अधिकृत ज्ञानिन राइ निमित्त सदस्य सचिव रहेका थिए।

