
भैरहवा-थाइल्याण्डबाट भैरहवा आएको जहाज आइतबार लगभग भरिभराउ भएको छ। थाई एयर एशियाको जहाजमा आएका १६१ जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। १४५ जना भैरहवाबाट बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। भैरहवा अवतरण गरेका मध्ये अधिकांस बौद्ध धर्मलम्बीहरु रहेको उनले बताए।
कात्तिक ९ गतेबाट थाई एयर एशियाको जहाजले बैंकक-भैरहवा-बैंकक उडान गरिरहेको छ। यस अघिका उडानमा प्रस्थान गर्ने यात्रु राम्रै भएपनि भैरहवा आउने यात्रु खासै थिएन्। आइतबार एक्कासी बढेका हुन्।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षमा आज राम्रो चहलपहल देखिएको पर्यटन व्यवसायी सागर गिरिले बताए।यस्तो चहलपहल निरन्तर हुनुपर्ने भन्दै उनले बुद्धधर्मलम्बी देशबाट पर्यटक आकर्षित गर्नुपर्ने उल्लेख गरे। अघिल्लो वर्ष पनि कात्तिक देखी चैत्रसम्म पनि एयर एशियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको थियो। चैतपछि रोकिएको उडान अहिले फेरि सुरु भएको हो।

