२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४२
  • बैदेशिक रोजगारमा जानेलाई निगमको भाडामा १० प्रतिसत छुट

    काठमाडौं – नेपाल वायुसेवा निगमले विभिन्न देशमा बैदेशिक रोजगारीमा जानेहरुका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ। निगमले दमाम, दोहा, दुबइ तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिकको लागि साविक भाडामा १० प्रतिसत छुटको व्यवस्था गरेको छ।

    नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा १० वटा सिटमा साविकको भाडामा सहुलियत दिने निर्णय गरेको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए। सहुलियत सहितको भाडादर श्रम मुुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपाल स्थित कार्यालयहरुका टिकट काउन्टरबाट सेवा लिन सकिने छ। यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा सहुलियत र सहयोग हुने विश्वास लिइएको निगमले जनाएको छ।