२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:११
  • चितवनका दुई हात्तीलाई भैरहवा विमानस्थल हुँदै कतार पठाइयो

    भैरहवा-चितवन राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीलाई कतार लगिएको छ। भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार कतार एयरको विमानमा राखि कतार पठाइएको हो। २०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेको थियो।
    जस अनुसार रुद्रकली र खगेन्द्रप्रसाद नामका हात्तीहरुलाई कतार लैजान छनोट गरिएको थियो।

    यस अघि विभिन्न देशलाई एक सिंगे गैडा नेपालले उपहार दिएको थियो। तर हात्ती उपाहार दिएको भने पहिलो पटक हो। खोरमा राखेर दुई वटा हात्तीलाई जहाज चढाइ विदा गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए। रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्र प्रसादका माउते पाचुखा थारू पनि उनीहरूसँग कतार गएका छन्। साथमा एक जना भेटनरी चिकित्सक पनि गएका छन्।

    पराराष्ट्र मन्त्रालयका सह–सचिव रामकाजी खड्काले नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र विश्वसनीय बनाउने सिलसिलामा उपहार प्रदान गरिएको बताए। नेपाल सरकारका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले नेपालले इतिहासमा पहिलोपटक हात्ती उपहार प्रदान गरेको उहाँले जानकारी दिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। बुद्धिसागर पौडेलले दुईवटा हात्तीले नयाँ घर ९कतार० मा अझ हेरचाह पाउने विश्वास व्यक्त गरे।