२०८२ फाल्गुन २३ गते, शनिबार १३:०१
  • लुम्बिनी बौद्ध विश्वविद्यालयले एमबीए-एचएम शैक्षिक कार्यक्रम सञ्चालन गर्दै

    बुटवल -लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तहमा हस्पिटालिटी म्यानेजमेन्टको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको छ। एमबीए एचएम कोर्ष अघि बढाउन शनिवार विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि र सरोकारवालासँग छलफल गरेको छ।

    लफलका क्रममा विश्वविद्यालयका व्यवस्थापन संकाय प्रमुख डा. श्रीप्रसाद भट्टराईले हस्पिटालिटी र पर्यटन क्षेत्रमा दक्ष जनशक्तीका उत्पादनको लागि यो शैक्षिक कार्यक्रम ल्याएको जानकारी दिए।उनले पर्यटनसँगै बुद्ध दर्शनका कुरा पनि पाठ्यक्रममा समावेश गरिएको बताए। भट्टराईले यो शैक्षिक कार्यक्रम आधुनिक र समयसापेक्ष रुपमा तयार पारिएको व्यवहारीक भएको उल्लेख गरे।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका आइटी कन्सल्टेन्ट रबी पन्थीले भर्नाको आवेदन देखी कक्षा सञ्चालन हुँदै नतिजा प्राप्तीसम्म अनलाईन प्रक्रियाबाट एमबीए एचएम कार्यक्रम सञ्चालन हुने जानकारी दिए।विश्वविद्यालय अन्तर्गत बुटवल सिटी क्याम्पसका निमित्त प्रमुख मोहनलाल भण्डारीले नयाँ शैक्षिक कार्यक्रमको रुपमा एमबीए एचएम कार्यक्रम अगाडि बढाइएको भन्दै यसमा विद्यार्थीहरु आकर्षित हुने सम्भावना रहेको उल्लेख गरे।

    छलफल कार्यक्रममा सरोकारवालाहरुले शैक्षिक कार्यक्रमको शुल्क, पाठ्यक्रम लगायतका विभिन्न जिज्ञाशाहरु राखेका थिए। एमबीए एचएम शैक्षिक कार्यक्रम अगाडि बढाएपछि कतिपयले यो कोर्ष पढ्न चाहेको विश्वविद्यालयका सहायक प्राध्यापक अरुण सिंहले बताए। यो वर्ष २० देखी ३० जना विद्यार्थी भर्ना लिन सक्ने उनले जानकारी दिए। बौद्ध विश्वविद्यालयले स्नातक तहमा पर्यटन विषयको बीटीटीएम शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।