२०८२ चैत्र २ गते, सोमबार ०१:५५
  • लुम्बिनीमा म्यानमारका पर्यटकको चलहपहल बढ्यो, फेबुररीमा ५ हजार बढि आए

    लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा पछिल्लो समय म्यानमारका पर्यटकको चलहपहल बढेको छ। गत फेबुररी महिनामा ५ हजार २४२ बर्मेली पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्षको सोही अवधिको तुलनामा साढे २ हजारले बढि हो। २०२५ को फेबुररीमा म्यानमारबाट २ हजार ६५७ जना आएका थिए।

    कोभिड पछि एक महिनामा आउने म्यानमारका पर्यटक गत फेबुररीमा सबैभन्दा बढि हो। यस अघि २०२४ को नोभेम्बरमा म्यानमारबाट ४ हजार ६० पर्यटक आएका थिए। तर कोभिड अघिको वर्षमा भने म्यानमारबाट अहिले भन्दा बढि पर्यटक आउँथे। सन २०१९ को ६ हजार २९२ र नोभेम्बरमा ६ हजार १२ जना बर्मेली पर्यटक लुम्बिनी आएका थिए।

    २०१९ मा लुम्बिनी आउने बर्मेलीको संख्या कुल ३० हजार ७९१ रहेको थियो । गत वर्ष सन २०२५ मा १८ हजार ५२८ जना मात्र लुम्बिनी आएका छन्। यो सिजनमा गत वर्ष भन्दा विदेशी पर्यटकको गतिविधि बढेको लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले जानकारी दिए। कोभिड अघिको जस्तो त अझै भएको छैन। तर यो विचमा म्यानमारका पर्यटकको गतिविधि बढेको छ। उनले भने मध्यपूर्वमा देखिएको युद्ध रोकिने र शान्ति बहाल हुने हो भने लुम्बिनीमा विदेशी पर्यटकको आगमन बढ्दै जान्थ्यो।

    लुम्बिनीमा श्रीलंकाका पर्यटक पनि बढेको देखिएको छ। गत फेबुररीमा ६ हजार ७७६ श्रीलंकन लुम्बिनी आएका थिए। अघिल्लो वर्ष फेबुररीमा उक्त मुलुकबाट ३ हजार ६८४ जना आएका थिए।

    गत फेबुरीमा भारत बाहेक तेस्रो मुलुकबाट कुल १९ हजार ७१७ पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन्। अघिल्लो वर्ष २०२५ को फेबुररीमा १७ हजार ७२५ विदेशी पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन २०१९ को फेबुररीमा तेस्रो मुलुकबाट २५ हजार ८६८ जना लुम्बिनी आएका थिए।