२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनी

    लुम्बिनी– बुद्धजयन्तीको अघिल्लो दिन साँझमा लुम्बिनी झिलीमिली भएको छ । २५६२ औं बुद्धजयन्तीको अवसरमा आज लुम्बिनीको मायादेवी मन्दिरमा दीप प्रज्वलन र परित्राण पाठ गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किँरातीले शान्तिदीपमा दीप प्रज्वलन गरेर सुरु गरेका थिए । लुम्बिनीको मायादेवी मन्दिरलाई पनि सिगारिएको छ ।