२०८३ बैशाख २३ गते, बुधबार १७:५४
  • नागरिक उड्यन प्राधिकरणको महानिर्देशकका लागि २१ जनाको आवेदन

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख र प्रवक्ताको पनि दाबी

     

    काठमाडौं– नेपाल नागरिक उड्यन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाको आवेदन परेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गत बैशाख १२ गते सूचना प्रकासित गरि सो पदमा आवेदन माग गरेको थियो।

    आवेदन दिनेमा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाह, उपनिर्देशक मुरारीप्रसाद पौडेल, प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला, प्रवक्ता जसोदा सुवेदी रेग्मी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्तम महाप्रबन्धक टेकनाथ सिटौला, विराटनगर विमानस्थलका प्रमुख सुभाष झा लगायतको आवेदन परेको छ।