२०८३ बैशाख २४ गते, बिहीबार १७:३०
  • १२ कक्षापछि बीएचएम पढ्नेको लागि वेष्ट्रन मेघामा यस्तो छ सुविधा

    बुटवल कक्षा १२ उत्र्तिण भइ पर्यटन तथा होटल क्षेत्रमा आबद्ध हुन चाहानेहरुको लागि बुटवलको ढवाहमा रहेको वेष्ट्रन मेघा कलेजले स्तातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। जस अनुसार यस वर्ष पनि व्याचलर अफ साइन्स इन हस्पिटालिटी म्यानेजमेन्ट बीएचएममा नयाँ भर्ना खुल्दै छ।

    त्रिभुवन विश्वविद्यालयको समकक्षता र लिंकन युनिभर्सिटी कलेज मलेसियाको सम्बन्धमा ८ सेमेष्टरको चार वर्षे बीएचएम शैक्षिक कार्यक्रम सञ्चालन गरिएको हो। विज्ञान, व्यवस्थापन, शिक्षा, कानून तथा जुनसकै संकायमा १२ कक्षा उत्र्तिर्ण विद्यार्थीले यो विषय पढ्न पाउने बेष्ट्रन मेघा कलेजका प्रिन्सीपल किसु शर्माले जानकारी दिए।

    बीएचम पढ्ने विद्यार्थीको लागि गुणस्तरिय शैक्षिक कार्यक्रमको साथै नियमित प्रयोगकात्मक कार्यपनि गराइने उनले बताए। विद्यार्थीलाई ३ वर्षसम्म दिवा खानाको सुविधा कलेजको आफ्नै आरम्भ रिसोर्टमा निशुल्क पौडी सुविधा र तालिम, होटल होमस्टे तथा विभिन्न शैक्षिक भ्रमणहरु गराइने प्रिन्सिपल शर्माको भनाइ छ। त्यस्तै विद्यार्थीले ६ महिनासम्म व्यक्तित्व विकास जापानिज र चाइनिज भाषा निशुल्क सिक्ने अवसर उनले जानकारी दिए।

    बीएचएम पढेका विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तारे होटलमा इन्टनसिप र रोजगारीको अवसर समेत सिर्जना गर्ने कलेजले जनाएको छ। साथै एक पटक अन्तर्राष्ट्रिय भ्रमणको अवसर समेत प्राप्त हुने छ । ४ वर्षे शैक्षिक कार्यक्रमको लागि कुल ८ लाख ९२ हजार ४०० रुपैया खर्च लाग्ने उनले जानकारी दिए।

    यसैबीच बेष्ट्रन मेघा कलेजले यसै वर्षदेखी व्याचलर अफ इन्फरमेसन टेक्नोलोजी बीआइटी शैक्षिक कार्यक्रम सुरु गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ बीआइटी शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराइएको हो। जुनसुकै संकायमा १२ कक्षा उत्र्तीण विद्यार्थी भर्ना हुन पाउने प्रिन्सिपल शर्माको भनाइ छ।

    कलेजले स्नातकोत्तर तहमा मास्टर अफ विजनेस एडमिस्ट्रेसन एमबीए कक्षा पनि सञ्चालन गरेको छ। स्नातक तहमा जुनसुकै संकायमा उत्तीर्ण विद्यार्थी एमबीएमा भर्ना हुने पाउने प्रिन्सिपल शर्माले जानकारी दिए। कलेजले १२ कक्षा परिक्षा दिइ बसेका विद्यार्थीको लागि निशुल्क होटल व्यवस्थापन तालिम आयोजना गर्दैछ। आगामी जेठ १५ गतेदेखी असार १५ गतेसम्म तालिमको आयोजना गरेको कलेजले जनाएको छ।