२०८३ जेष्ठ २३ गते, शनिबार ००:५५
  • लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत पर्यटन विषय अध्ययन गर्नेहरुलाई क्षमता विकास तालिम

    बुटवल – लुम्बिनी बौद्ध विश्वविद्यालयले पर्यटन सम्बन्धी विषय अध्ययन गर्नेहरुका लागि ५ दिने क्षमता विकास तालिम सञ्चालन गरिरहेको छ। विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित तालिममा सिटी क्याम्पस बुटवलमा व्यचलर इन ट्राभल एण्ड टुरिजम बीटीटीएम र साथम कलेज भैरहवामा व्याचलर इन हस्पीटालिटी ट्राभल एण्ड टुरिजम बीएचटीएममा अध्ययनरत विद्यार्थीहरु सहभागी छन्।

    तालिमको अवसरमा विद्यार्थीहरुलाई विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख श्रीप्रसाद भट्टराई, सहायक प्राध्यापक अरुण सिंह, साथम कलेजका अपरेशन हेड निश्चल श्रेष्ठ, सिर्जना वाग्ले, झरना अर्याल लगायतले सहजिकरण गरेका थिए।