२०८३ असार ७ गते, आईतवार ०२:०२
  • भारतीय तिर्थयात्री पर्यटकको लागि शाकाहारी होटलको व्यवस्थापन आवश्यक

    भैरहवामा साना तथा मझौला होटल व्यवस्थापन तालिम सुरु


    भैरहवा – पछिल्लो समय भारतीय तिर्थयात्री पर्यटकहरुको आगमन बढ्दै गएको छ। कतिपय भारतीय तिर्थयात्री शाकाहारी हुने गर्दछन्। लुम्बिनी प्रदेश सरकार अन्तर्गत पर्यटन विकास परिषदको आयोजना र होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको सहकार्यमा भैरहवामा आयोजित साना तथा मझौला होटल व्यवस्थापन तालिमको उद्घाटन कार्यक्रममा यस विषयमा समेत चर्चा भएको थियो।

    तालिमको उद्घाटन गर्दै प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले पछिल्लो समय भारतीय तिर्थयात्री पर्यटकको आगमन बढेको भन्दै उनीहरुको लागि साकाहारी होटलको आवश्यक भएको बताए। उनले कुन होटल साकाहारी हो भन्ने सजिलै पहिचान हुनुपर्ने भन्दै त्यस्ता होटललाई प्रोत्साहन प्रोत्साहन गर्नुपर्ने बेला आएको उल्लेख गरे। होटलहरुमा गुणस्तरिय खानाका साथै पाहुनाप्रति राम्रो व्यवहार हुनुपर्ने न्यौपानेले उल्लेख गरे।

    पर्यटन विकास परिषदकी निमित्त कार्यकारी निर्देशक सारदा बस्यालले आँफै पकाएर खाने भारतीय तिर्थयात्रीको लागि शाकाहारी होटल र आँफै पकाएर खानेहरुको लागि उचित ठाउँको समेत प्रबन्ध हुनुपर्ने धारणा राखीन। उनले होटलहरुमा विकृती हुन नदिने तर्फ सचेत हुनेपर्ने बताइन्।
    परिषदका सदस्य तथा होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले राम्रो आथित्यता र व्यवहार गर्न सके मात्र पर्यटन क्षेत्र फस्टाउन सक्ने बताए।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राजेश महोत्राले रणनीति र योजना बनाएर व्यवसाय गर्न सहज होस भनेर तालिमको लागि सहकार्य गरेको जानकारी दिए। तालिममा ४० जना जति साना तथा मझौला होटल व्यवसायीहरु सहभागी रहेको पर्यटन विकास परिषदका अधिकृत जनक खनालले जानकारी दिए। ७ दिने तालिममा आथित्य क्षेत्रका विज्ञ धिरेन राकस मगर र एलिस ढुंगानाले सहजिकरण गर्ने छन्।