२०८३ कार्तिक १८ गते, मंगलवार २३:१९
  • अक्टोवरमा १ लाख ३२ हजार पर्यटक नेपाल आए, सबैभन्दा बढि अमेरिकाका


    बुटवल -गत अक्टोवर महिनामा १ लाख ३२ हजार ९१४ विदेशी पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्ष सोही अवधि भन्दा ४ हजारले बढि हो। सन् २०२५ को अक्टोवर महिनामा १ लाख २८ हजार ४४३ पर्यटक नेपाल भित्रिएका थिए।

    गत अक्टोवरमा सबैभन्दा बढि अमेरिकाबाट १७ हजार ४३७ जना रहेका छन्। भारतबाट १२ हजार ९७ जना आएको तथ्यांक छ। चिनबाट ११ हजार ६९५ जना आएका छन्। बेलायतबाट ९ हजार ३८५, अष्ट्रेलियाबाट ९ हजार ३५२ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। त्यस्तै जर्मनीबाट ६ हजार ११४, श्रीलंकाबाट ५ हजार ५६०, वंगलादेशबाट ४ हजार ८९३, फ्रान्सबाट ४ हजार १६४ पर्यटक अक्टोवरमा नेपाल आएका छन्।