२०८३ कार्तिक १८ गते, मंगलवार २३:२०
  • लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

    लुम्बिनी– लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्। झण्डै ६ महिनादेखि रिक्त पदमा इन्जिनियर समेत रहेका पाण्डेलाई जिम्मेवारी दिने निर्णय भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेयलाई कोषको कार्यकारी पदमा नियुक्त गरेको हो। उनी प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा देखिनै उनी अति निकटस्थ भएर सचिवालयमा काम गरिरहेका थिए।

    पाण्डेय हाल पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका प्रमुख सल्लाहकारका रूपमा कार्यरत थिए। सरकारले केही दिन अघि मात्रै लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका समेत रहेकी आनि छोईङ डोल्मालाई नियुक्त गरेको थियो। तर उनको नियुक्ति भने विवादमा परेको छ।
    उनले काठमाडौँको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।