२०८३ असार ७ गते, आईतवार ०२:१०
  • भारतको असहयोगले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नभएको होइन : पर्यटन मन्त्री

    भैरहवा – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन्। ट्रयांक्वालिटी स्पाले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले भारतको असहयोगले विमानस्थल नचलेको भन्ने कुरा सत्य नभएको उल्लेख गरे।

    मन्त्री पौडेले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि पर्यटन प्रवद्र्धनमा नै जोड दिनुपर्ने धारणा व्यक्त गरे। पराराष्ट्र मन्त्री र रास्वपा सभापति भारत भ्रमणमा जाँदा गौतम बुद्ध विमानस्थल सञ्चालनमा असहज नबनाएको कुरा स्पष्ट भएको उनको भनाइ छ।

    उनले नीतिगत त्रुटि मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको बताए। मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवद्र्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताए।