२०८३ श्रावण ८ गते, शुक्रबार ०५:००
  • अक्सफोर्डमा पढेका विद्यार्थीले तारे होटल तथा हस्पिटालीटिमा राम्रो अवसर पाएका छन्’

    बुटवल– अक्सफोर्ड कलेज शैक्षिक क्षेत्रमा सफल र प्रतिष्ठित संस्थाका रुपमा स्थापित नाम हो। बुटवल उपमहानगरपालिका–८ सुख्खानगरमा स्थापित यस कलेजले सयौ विद्यार्थीलाई आफुभित्र समाहित गरेर दीक्षित बनाएको छ। विद्यार्थीलाई लक्ष्य केन्द्रीत अध्यापन गराएर गर्न र कमाउन सिकाउने शैक्षिक गन्तब्यका रुपमा विद्यार्थीको रोजाइमा परेको अक्सफोर्ड रुपन्देहीको मात्र नभई नेपालकै एक प्रतिष्ठित संस्थाका रुपमा स्थापित संस्था हो। लुम्बिनी प्रदेशमा रहेका विभिन्न जिल्लाका विद्यार्थीको उत्कृष्ट गन्तब्य नै हो।

    उच्च शिक्षातर्फ अग्रसर विद्यार्थीहरुको रोजाइमा परेको अक्सफोर्ड कलेज पश्चिम नेपालकै एक प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा चिनिएको छ। कलेजमा स्नातक तह अन्तर्गत ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) ब्याचर अफ इफरमेशन टेक्नोलोजी मेनेजमेन्ट (बिआईटीएम) का कार्यक्रम विगत आठ वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएका छन्। यसअघि सञ्चालनमा रहेका बिबिएस, बिएडका कार्यक्रममा पनि विद्यार्थीहरू नेपाल प्रथम हुने गौरवपुर्ण स्थान हासिल गर्न सफल बनेका छन्। यस्तै बिएचएम र बिआईटीएमका कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूले पनि पटक–पटक प्रदेश प्रथम तथा नेपाल प्रथम भई अक्सफोर्ड कलेजको शैक्षिक उत्कृष्टता कायम गरेका छन्।

    अनुभवी प्राध्यापक, आधुनिक शैक्षिक वातावरण, अत्याधुनिक प्रयोगशाला तथा विद्यार्थी केन्द्रित शिक्षण सिकाई पद्धतिका कारण अक्सफोर्ड कलेजले आफूलाई गुणस्तरीय उच्च शैक्षिक संस्थाका रुपमा आफुलाई चिनाउँदै र विकास गर्दै लगेको छ। स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुकालागि संस्कारयुक्त शिक्षण सिकाई, ब्यवहारिक ज्ञान र प्रयोगात्मक कक्षाहरुमा अब्बल र सक्षम सावित गर्ने कलेजले आफ्नो गुणस्तरीयतालाई कायम राख्दै आएको छ। बिएचएम, बिआईटीएम, बिविएस र बिएडका कार्यक्रम टियु अन्तरगत छन्। यि विषयमा अहिले भर्ना समेत खुलेको छ।

    “पढ्दै, कमाउँदै’’ अवधारणालाई ब्यवहारमा उतार्दै अक्सफोर्ड कलेजले विद्यार्थीलाई भविष्यमा काम लाग्ने शिक्षा प्रदान गरेको छ। असल र अनुशासितसँगै भविष्यमा गर्न सक्ने र कमाउन सक्ने जनशक्ति उत्पादनमा अक्सफोर्डले योजनावद्ध तरिकाले शैक्षिक कार्यक्रमलाई जोड दिएको छ। विद्यार्थीहरुलाई आन्तरिक तथा वाह्य ज्ञान दिने उद्देश्यले प्रत्येक सेमेस्टरहरुमा देशको विभिन्न स्थानमा रहेका प्रतिष्ठित र ठुला होटलमा अवलोकन भ्रमण, त्यहाँको ज्ञानसीप आदान–प्रदान भविष्य केन्द्रीत सिकाई अभ्यास समेत कलेजले गराउँदै आएको छ। विद्यार्थीहरुलाई देशका प्रतिष्ठित होटलहरूमा अवलोकन भ्रमण, फिल्ड भिजिट तथा व्यवहारिक अभ्यास गर्ने अवसर दिदै आएको छ। यसले गर्दा पनि कलेज नव आगन्तुक र अध्ययन पुरा गरेका विद्यार्थीकालागि राम्रो र उदाहरणीय कलेजका रुपमा स्थापित छ। आईटी क्षेत्रका विद्यार्थीहरू नेपाल तथा अन्तर्राष्ट्रिय कम्पनीहरूमा सफलतापूर्वक आबद्ध छन्। साथै, थुप्रै पूर्व विद्यार्थीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्दै सफल उद्यमीको परिचय स्थापित गरेका छन्।

    नतिजामा उत्कृष्ट, सीपमा सक्षम र भविष्य निर्माणमा अग्रणी छ : क्याम्पस प्रमुख मनोज मरासिनी

    राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्था, ब्यवहारिक र रोजगारिमुलक शिक्षा प्रदान गर्ने सफल भविष्य निर्धारण गर्ने एक शैक्षिक स्थान जहाँ बिबिएस र बिएड, बिएचएम र बिआईटिएमलगायतका प्रोग्रामहरु त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कार्यक्रम हामीले संचालन गरि रहेका छौ। संस्थाको उत्कृष्ट नतिजा, आदरणीय अनुभवी प्राध्यापकहरुको लगन, मेहनत र निरन्तर प्रयास, आधुनिक भौतिक पुर्वाधार, पुर्व विद्यार्थीहरुको उत्कृष्टता र उपलब्धतालेनै संस्थाको शैक्षिक विश्वसनीयतालाई नै प्रमाणित गरि सकेको छ। अक्सफोर्ड कलेजले दिएको ज्ञान र सीपका कारण विद्यार्थीहरु रोजगार केन्द्रीत सफल छन्। कतिपय विद्यार्थीहरूले इन्टर्नसीपकै आधारमा स्थायी रोजगारी प्राप्त गरेका छन्, जसले उनीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। कलेजमै पाएको ज्ञान, सीपले विद्यार्थीलाई सक्षम बन्ने बाटो खुलेको छ भने उनीहरुले पढाई सकेपछि स्वरोजगार बन्ने मौका पनि पाएका छन्। हामीले शैक्षिक ज्ञानमात्र हाईन अतिरिक्तसँगै खेलकुदका क्षेत्रमा पनि विद्यार्थीलाई उत्तीकै सहभागि बनाएर उनीहरुको क्षमता प्रदर्शनको अवसर पनि दिदै आएका छौ। त्यसैले पनि प्लस टु उत्तीर्ण विद्यार्थीहरुलाई आफ्नो भविष्य सुनिश्चितनाकालागि हामीले अक्सफोर्डमा हार्दिक आमन्त्रण गर्दछौ। अक्सफोर्ड कलेजसँगको सहयात्रामा समावेस हुनकालागि सबै विद्यार्थीहरुलाई हार्दिक अनुरोध गर्दछौ।

    अध्ययनसँगै सीप, रोजगारी र पढ्दै, कमाउँने बनाउँछौ : बिएचएमर बिआईटीएम संयोजक ओम बहादुर खत्री

    पर्यटन तथा आतिथ्य क्षेत्र विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको सन्दर्भमा बिएचएम कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको ज्ञान र व्यवहारिक सीप प्रदान गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार कलेजमै रहेका सुविधा सम्पन्न किचन, रेष्टुरेन्ट, फ्रन्ट अफिस तथा हाउसकिपिङ ल्याबहरूमा नियमित व्यवहारिक कक्षा सञ्चालन गरिन्छ। जसले विद्यार्थीहरुलाई सैद्धान्तिकसंगै ब्यवहारिक ज्ञानको विकास र भविष्यमा काम लाग्ने ज्ञानको विकास गराउँदै आएको छ। अध्ययन अवधिभर विभिन्न होटल तथा रिसोर्टहरूसँगको सहकार्यमार्फत विद्यार्थीहरूले सिकेका ज्ञानलाई व्यवहारमा उतार्ने र उनीहरुलाई रोजगारीसँग जोड्ने अवसर कलेजले प्रदान गर्दै आएको छ। इन्टर्नसीपका क्रममा विद्यार्थीहरूले युरोपका विभिन्न देशहरू, दुबई, थाइल्याण्ड, कतार, कुवेत लगायतका अन्तर्राष्ट्रिय मुलुकहरु तथा नेपालकै प्रतिष्ठित होटलहरूमा काम गर्दै अनुभव, सीप र आम्दानी हासिल गरिरहेका छन्।

    यहाँबाट बिआईटीएम पढेका विद्यार्थीहरु अहिले लाखौ कमाउछन् : बिआईटीएम इन्चार्ज अशोक गुरुङ

    सूचना प्रविधि र व्यवस्थापनको उत्कृष्ट संयोजनका रूपमा रहेको बिआईटीएम कार्यक्रम आजको डिजिटल युगको आवश्यकता अनुरूप डिजाइन गरिएको पाठ्यक्रम हो। यसमा करिब ६० प्रतिशत सूचना प्रविधिसम्बन्धी विषयवस्तु र ४० प्रतिशत व्यवस्थापनसम्बन्धी विषयहरू समावेश छन् । यसले विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवस्थापकीय दुवै क्षेत्रमा सक्षम बनाउँछ। कलेजमा डिजिटल लजिक, नेटवर्किङ, माईक्रोप्रोसेसरलगायतका विषयका लागि अत्याधुनिक प्रयोगशालाहरू सञ्चालनमा छन् । यसका अतिरिक्त विद्यार्थीहरूलाई समयानुकूल आईटी प्रशिक्षण, सीप विकास कार्यक्रम तथा अतिरिक्त व्यावसायिक तालिमहरू पनि प्रदान गरिन्छ । बिआईटीएम अध्ययन गरेका धेरै विद्यार्थीहरू हाल नेपालका प्रतिष्ठित आईटी कम्पनीहरूमा कार्यरत छन् भने कतिपयले नेपालमै बसेर विदेशी कम्पनीहरूमा ‘वर्क फ्रम होम’ मार्फत सेवा प्रदान गरिरहेका छन्। केही पूर्व विद्यार्थीहरूले मासिक दुईदेखि तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल आईटी व्यवसायिक जीवन निर्माण गरिरहेका छन् । अक्सफोर्डले दिएको ज्ञान सीपले गर्दापनि विद्यार्थीहरु विश्वको जुनसुकै स्थानमा गएतापनि कमाउने र आफुलाई बनाउने सीप कलेजबाट प्राप्त गरेका छन्।

    विद्यार्थीको भविष्य सुनिश्चित गर्ने ज्ञान र सीप अक्सफोर्डले दिन्छः विविएस संयोजक विष्णु बस्याल

    सीमित सिट सङ्ख्या तथा गुणस्तरीय शिक्षण प्रणालीका कारण प्रत्येक विद्यार्थीलाई व्यक्तिगत मार्गदर्शन प्रदान गर्न कलेज सफल भएको छ । कलेजका पूर्व विद्यार्थीहरू नेपाल तथा विदेशका प्रतिष्ठित होटलहरूमा सुपरभाइजरदेखि सहायक व्यवस्थापकसम्मका पदहरूमा कार्यरत छन् । अक्सफोर्ड कलेजको सफलता केवल परीक्षाको नतिजामा मात्र सीमित छैन । यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफल उद्यमी, व्यवस्थापक, आईटी विज्ञ तथा व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन् । कलेजका पूर्व विद्यार्थीहरूले बुटवलमा सफलतापूर्वक लोकप्रिय व्यवसायहरूको नेतृत्व गरिरहेका छन् । यसले पुर्व विद्यार्थीका अभिभावक र छरछिमेकमा सकारात्मक सन्देश प्रवाह गरेको छ । त्यसैगरी विभिन्न होटल, रेस्टुरेन्ट, क्याफे तथा पर्यटनसम्बन्धी व्यवसाय सञ्चालन गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यमा समेत अग्रणी भूमिका निर्वाह गरिरहेका छन् । अक्सफोर्ड कलेजले केवल डिग्री प्रदान मात्र नगरी नेतृत्व, उद्यमशीलता र आत्मनिर्भरता विकास गर्ने वातावरण निर्माण गरिरहेको तथ्यलाई पुष्टि गर्छन्। आजको विश्व पर्यटन र सूचना प्रविधिको युगमा प्रवेश गरिसकेको छ । नेपालमा अन्तर्राष्ट्रिय होटल चेनहरूको विस्तार, पर्यटन उद्योगको विकास तथा सूचना प्रविधि क्षेत्रको तीव्र वृद्धि भइरहेका कारण यी क्षेत्रमा दक्ष जनशक्तिको माग दिनप्रतिदिन बढिरहेको छ । यही सम्भावनालाई दृष्टिगत गर्दै अक्सफोर्ड कलेजले विद्यार्थीहरूलाई ज्ञान, सीप र व्यवहारिक अनुभवसहित भविष्यका अवसरहरूका लागि तयार गर्दै आएको छ ।