२०८३ श्रावण ११ गते, सोमबार ०३:४४
  • सोट्टो लुम्बिनीको नुवाकोटमा कार्ययोजना गोष्ठी

    भैरहवाको अन्तर्राष्ट्रिय उडान र बेलहिया नाका पर्यटकको लागि सहज गराउन माग


    बुटवल– सोसाइटी अफ ट्राभल एण्ड टुर अप्रेटर्स नेपाल सोट्टो लुम्बिनीको कार्यशाला गोष्ठी पाल्पाको नुवाकोटमा सम्पन्न भएको छ। कार्यशालाले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ। साथै पर्यटक आगमनको लागि बेलहिया नाका सहज हुनुपर्ने भन्दै त्यसको लागि पहल गर्ने निर्णय गरेको छ।

    लुम्बिनी र अन्य बुद्धस्थलहरुसँगको सम्बन्ध विस्तार गर्न विद्युतीय बस सञ्चालन गर्न पनि सम्बन्धीत पक्षसँग माग गरिएको सोट्टो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले जानकारी दिए। सोट्टो लुम्बिनीको बेलहियामा कार्यालय राख्ने भएको छ । कार्यालय सँगै भविश्यमा पर्यटकहरुको सहजताको लागि सूचना केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।

    सोट्टो लुम्बिनीले नुवाकोटको लागि टुर प्याकेज पनि सार्वजनिक गरेको छ। जस अनुसार सिद्धार्थ केवलकार मार्फत नुवाकोट गएर एक रात बस्नको लागि प्रतिव्यक्ती ३ हजार रुपैयाको प्याकेज बनाइएको हो। भारतीय पर्यटकको लागि ३२ सय रुपैयाको प्याकेज घोषणा गरिएको छ। नजिकको हिल स्टेसनमा जान चाहाने भारतीय पर्यटकहरुका लागि नुवाकोटको प्याकेज ल्याइएको बजिमयले जानकारी दिए। कार्यक्रममा सोट्टोका पदाधिकारी, सदस्य तथा सल्लाकारहरुले पर्यटन प्रवद्र्धनको सम्बन्धमा आ आफना भनाइ राखेका थिए।