भारतीय पर्यटन बजारमा नेपालको प्रवर्द्धन र पर्यटक आगमन वृद्धि गर्ने लक्ष्य

भरतपुर– नेपालको पर्यटन प्रवर्द्धन, दुई देशबीच पर्यटन सम्बन्धको सुदृढीकरण तथा भारतीय पर्यटन बजारमा नेपालको पहिचान विस्तार गर्ने उद्देश्यले नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा आगामी कात्तिक ९ गतेदेखी १२ गतेसम्म “Connecting Borders, Building Friendships, Growing Tourism” भन्ने नाराका साथ कार्यक्रम हुन लागेको हो।
गैर आवासीय नपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता सोम सापकोटाले जानकारी दि
भारतका लखनऊ, कानपुर, दिल्ली, छत्तीसगढलगायतका क्षेत्रबाट पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसहित २४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम संयोजक तथा गैर आवासीय नपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता सोम सापकोटाले जानकारी दिए।
प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना, होटल तथा रिसोर्टका सेवा, प्रमुख पर्यटकीय गन्तव्य र पर्यटनसम्बन्धी व्यावसायिक अवसरहरूको अवलोकन उनले बताए।
नेपाल पर्यटन बोर्ड (NTB), PATA Nepal Chapter, होटल एसोसिएसन अफ नेपाल (HAN), नवलपुर पर्यटन समिति, Travel Trade Welfare Association of India, Indo-Nepal Tourism Welfare Society, भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका तथा विभिन्न होटल, रिसोर्ट र पर्यटन व्यवसायसँग सम्बन्धित संघ–संस्थाहरूको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।
पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक बैठक
कार्यक्रमको प्रमुख उद्देश्य नेपाली र भारतीय पर्यटन व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापना गर्नु, संयुक्त पर्यटन प्याकेज विकास गर्नु तथा दुवै देशका पर्यटन व्यवसायीका लागि नयाँ बजार र व्यावसायिक अवसर सिर्जना गर्नु रहेको सापकोटाले बताए। यसका लागि विभिन्न होटल तथा रिसोर्टमा व्यवसायी–व्यवसायी बैठक (B2B Meeting), पर्यटन उत्पादनको प्रस्तुतीकरण, अवलोकन भ्रमण (FAM Trip) र व्यावसायिक नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।
निर्धारित कार्यक्रमअनुसार अक्टोबर २५ को साँझ नवलपरासीको अमलटारीस्थित थारु गाउँ रिसोर्टमा B2B बैठक आयोजना हुनेछ। अक्टोबर २६ को बिहान गैँडाकोटस्थित मौलाकालिकाको आईएलए होटल्स एन्ड रिसोर्ट्समा तथा दिउँसो चितवनको सौराहास्थित बनबास रिसोर्टमा व्यावसायिक भेटघाट हुनेछ। सोही दिन साँझ नवलपरासीको दण्डास्थित मिरायामा कार्यक्रम सञ्चालन गरिनेछ।
त्यसैगरी, अक्टोबर २७ को बिहान सोल्टी वेस्ट पाटयानीमा तथा साँझ चितवनको शक्तिखोरस्थित लटौली सेन्चुरीमा व्यावसायिक बैठक तथा नेटवर्किङ हुनेछ। अक्टोबर २८ को बिहान लटौली सेन्चुरीमा थप व्यावसायिक छलफल तथा कार्यक्रमका गतिविधि सञ्चालन गरिनेछन्।
धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनलाई जोड्ने पहल
यस कार्यक्रममार्फत लुम्बिनी, प्राचीन कपिलवस्तु, तिलौराकोट, देवदह तथा रामग्राम स्तूपजस्ता ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई चितवनको सौराहा, नारायणी नदी तटीय क्षेत्र तथा पोखरा र काठमाडौंका प्रमुख पर्यटकीय गन्तव्यहरूसँग जोडेर एकीकृत पर्यटन प्याकेज विकास गर्ने लक्ष्य राखिएको छ।
नेपालको धार्मिक तथा आध्यात्मिक पर्यटन, वन्यजन्तु अवलोकन, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, स्थानीय संस्कृति र आतिथ्य सेवालाई भारतीय बजारमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सकेमा भारतीय पर्यटकको बसाइ अवधि बढाउन, स्थानीय व्यवसायको आम्दानी विस्तार गर्न र नयाँ रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमले विशेषगरी लुम्बिनी–चितवन–पोखरा तथा अन्य प्रमुख गन्तव्यहरूलाई जोड्ने बहुदिवसीय पर्यटन प्याकेज विकास, नियमित पर्यटक आवागमनका लागि व्यावसायिक साझेदारी तथा सीमापार पर्यटन सहकार्यलाई प्रोत्साहन गर्नेछ।
निजी क्षेत्र र पर्यटन व्यवसायीबीच सहकार्यमा जोड
नेपाल–भारतबीच भौगोलिक निकटता, सांस्कृतिक सम्बन्ध, धार्मिक आस्था तथा सहज आवागमनको सम्भावनालाई पर्यटन विकासको महत्त्वपूर्ण आधारका रूपमा लिँदै यस कार्यक्रमले दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
भारतीय ट्राभल एजेन्सी, टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक र सञ्चारकर्मीमार्फत नेपालको पर्यटन उत्पादनलाई भारतीय बजारमा पुर्याउने, पर्यटनसम्बन्धी सूचना आदानप्रदान गर्ने तथा संयुक्त प्रवर्द्धनका कार्यक्रम विकास गर्ने लक्ष्यसमेत राखिएको छ।
कार्यक्रमका क्रममा स्थानीय होटल तथा रिसोर्टका सेवा र सुविधाको प्रत्यक्ष अवलोकन, पर्यटन उत्पादनको प्रस्तुतीकरण तथा व्यवसायीबीच व्यावसायिक सम्झौता र सहकार्यका सम्भावनाबारे छलफल गरिनेछ।
कार्यक्रमका संयोजक तथा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार, नेपाललाई भारतीय पर्यटन बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न पर्यटन व्यवसायीबीच प्रत्यक्ष सम्बन्ध स्थापना, गन्तव्यहरूको एकीकृत प्याकेज विकास र निजी क्षेत्रको सहकार्य आवश्यक छ।
नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटन गन्तव्यलाई एउटै पर्यटन सञ्जालमा जोड्दै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न यस कार्यक्रमले सहयोग पुर्याउने विश्वास आयोजकले लिएका छन्। कार्यक्रमबाट पहिचान हुने व्यावसायिक सम्भावनालाई आगामी दिनमा दीर्घकालीन पर्यटन सहकार्य र संयुक्त प्रवर्द्धनका गतिविधिमा रूपान्तरण गर्ने लक्ष्य रहेको छ।
नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ ले नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार, भारतीय पर्यटकको आगमन वृद्धि, स्थानीय होटल तथा रिसोर्टको व्यवसाय प्रवर्द्धन र नेपाल–भारतबीचको पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।


