
तुलसी राम लामिछाने
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्धसँग प्रत्यक्ष सम्बन्धित कपिलवस्तु, रामग्राम, देवदह र तिलोत्तमा लगायतका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रहरूलाई समेटिएको बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने उद्देश्यले लुम्बिनी साँस्कृतिक नगरपालिका र बुद्ध परिपथका नगरपालिकाहरूबीच सन् २०७५ सालदेखि निरन्तर रूपमा समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग तथा अनुभव आदानप्रदानको अभियान अघि बढेको छ।
लुम्बिनीलाई नेपाली तथा विश्व नागरिकका लागि महत्वपूर्ण ऐतिहासिक, धार्मिक, सांस्कृतिक, शान्ति तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै भगवान् गौतमबुद्धका शान्ति, करुणा, अहिंसा, मैत्री, सहअस्तित्व र मानवतावादी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने, लुम्बिनी तथा बुद्ध परिपथको पर्यटन विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी अभिवृद्धि गर्ने तथा सम्बन्धित नगरपालिका, संस्था र सरोकारवालाबीच दीर्घकालीन र परिणाममुखी संस्थागत सम्बन्ध स्थापित गर्ने मूल उद्देश्य रहँदै आएको छ।
यस अभियानअन्तर्गत बुद्ध परिपथका पाँच नगरपालिकाहरू-लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका-बीच नियमित समन्वय, संवाद, सहकार्य, साझा कार्यक्रम तथा संस्थागत साझेदारीलाई क्रमशः व्यवस्थित र संस्थागत गर्दै अघि बढेका छन ।
प्रमुख उद्देश्य
🔹 लुम्बिनी तथा बुद्ध परिपथको परिचय र भ्रमण प्रवर्द्धन
लुम्बिनी तथा बुद्ध परिपथका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रबारे कर्मचारी, जनप्रतिनिधि, सरोकारवाला तथा आम नागरिकलाई जानकारी गराउँदै आफ्नै देशका अमूल्य सम्पदाको अवलोकन तथा भ्रमणका लागि उत्प्रेरित गर्ने।
🔹 आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन
लुम्बिनीमा आउने पर्यटकलाई कपिलवस्तु, रामग्राम, देवदह, तिलोत्तमा लगायतका बुद्धसँग सम्बन्धित गन्तव्यसँग जोड्दै पर्यटकको आगमन तथा बसाइ अवधि वृद्धि गर्ने।
🔹 पाँच नगरपालिकाबीच संस्थागत सहकार्य
पर्यटन, संस्कृति, सम्पदा, पूर्वाधार, प्रचार–प्रसार, लगानी, कार्यक्रम तथा परियोजनाका क्षेत्रमा साझा अवधारणा, योजना र कार्यक्रम विकास गर्ने।
🔹 NRNA तथा विश्वभरका नेपाली समुदायसँग सहकार्य
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA ICC) तथा विभिन्न देशमा रहेका नेपाली समुदायसँग संस्थागत सम्बन्ध विस्तार गरी विश्वभरबाट लुम्बिनी तथा बुद्ध परिपथको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने।
🔹 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिकारसिटीसँग सम्बन्ध विस्तार
पर्यटन, सम्पदा संरक्षण, नगर विकास, वातावरण, प्रविधि, शिक्षा, पूर्वाधार लगायतका साझा विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिकारसिटीसँग संस्थागत सम्बन्ध, भगिनी सम्बन्ध तथा मैत्रीपूर्ण सहकार्य विस्तार गर्ने।
🔹 ज्ञान, सीप, प्रविधि तथा अनुभव आदानप्रदान
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहर, नगरपालिका तथा संस्थासँग असल अभ्यास, प्रविधि, ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने।
🔹 संयुक्त कार्यक्रम तथा परियोजना सञ्चालन
सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य गरी पर्यटन, सम्पदा संरक्षण, पूर्वाधार, क्षमता विकास तथा प्रचार–प्रसारसम्बन्धी संयुक्त कार्यक्रम तथा परियोजना अघि बढाउने।
🔹 बुद्धको शान्ति सन्देशको विश्वव्यापी प्रवर्द्धन
लुम्बिनीलाई विश्व शान्तिको महत्वपूर्ण स्रोतका रूपमा स्थापित गर्दै भगवान् गौतमबुद्धका शान्ति, करुणा, अहिंसा, मैत्री, सहअस्तित्व तथा मानव कल्याणका सन्देशलाई विश्व समुदायसम्म पुर्याउने।
संस्थागत रूपमा अघि बढेको अभियान
यस महत्वपूर्ण अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउन नगर कार्यपालिका तथा नगर सभाका निर्णय, स्वीकृत इ७ः संगठन संरचना तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग र अनुभव आदानप्रदानसम्बन्धी कार्यविधिअनुसार पर्यटन तथा समन्वय शाखा स्थापना गरी कार्यलाई संस्थागत रूपमा अघि बढाइएको छ।
यसरी कुनै व्यक्तिको व्यक्तिगत प्रयासमा मात्र सीमित नराखी स्थानीय सरकारको संवैधानिक अधिकार, संस्थागत जिम्मेवारी, निर्णय प्रक्रिया र स्वीकृत संगठन संरचनाभित्र रहेर लुम्बिनी तथा बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणको अभियानलाई निरन्तरता दिइएको छ।
हालसम्मका प्रमुख उपलब्धिहरू
१. बुद्ध परिपथका पाँच नगरपालिकाबीच नियमित समन्वय, संवाद, सहकार्य तथा साझा कार्यक्रम सञ्चालन गर्ने संस्थागत आधार निर्माण भएको छ।
२. लुम्बिनी, कपिलवस्तु, रामग्राम, देवदह र तिलोत्तमालाई समेटेर एकीकृत बुद्ध परिपथ पर्यटन विकास तथा प्रवर्द्धनको अवधारणा अघि बढेको छ।
३.लुम्बिनी तथा बुद्ध परिपथका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक तथा पर्यटकीय गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचय विस्तार भएको छ।
४. लुम्बिनीमा आउने पर्यटकलाई बुद्धसँग सम्बन्धित अन्य महत्वपूर्ण गन्तव्यसम्म जोड्ने अवधारणा र प्रवर्द्धनात्मक गतिविधि अघि बढेका छन्।
५. NRNA ICC, NRNA NCC तथा विश्वका विभिन्न देशमा रहेका नेपाली समुदायसँग संस्थागत सम्बन्ध विस्तार भई लुम्बिनी तथा बुद्ध परिपथको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका नयाँ अवसर सिर्जना भएका छन्।
६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरपालिकारसिटी, सरकारी तथा गैरसरकारी संस्था, विकास साझेदार, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग संस्थागत सम्बन्ध विस्तार भएको छ।
७. विभिन्न नगरपालिकारसिटी तथा संस्थासँग भगिनी सम्बन्ध, मैत्रीपूर्ण सम्बन्ध, समझदारीपत्र ९ःयग्० तथा सहकार्यका माध्यमबाट दीर्घकालीन संस्थागत सम्बन्ध निर्माण गर्ने आधार तयार भएको छ।
८. पर्यटन, संस्कृति, सम्पदा संरक्षण, नगर विकास, वातावरण, प्रविधि, शिक्षा तथा अन्य क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्ञान, सीप, प्रविधि र अनुभव आदानप्रदानका अवसर प्राप्त भएका छन्।
९. पर्यटन प्रवर्द्धन, सम्पदा संरक्षण, पूर्वाधार विकास, प्रचार–प्रसार तथा क्षमता विकासका लागि संयुक्त कार्यक्रम तथा परियोजना विकास गर्ने वातावरण निर्माण भएको छ।
१०। विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र तथा अन्य सम्भावित साझेदारसँग परियोजना विकास, सहकार्य तथा स्रोत परिचालनका लागि संस्थागत सम्पर्क र समन्वय विस्तार भएको छ।
११. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल, नगरपालिकारसिटीका प्रतिनिधि, विकास साझेदार तथा विशिष्ट पाहुनाहरूको लुम्बिनी तथा बुद्ध परिपथ भ्रमणमा सहजीकरण गरी प्रत्यक्ष सम्बन्ध र भावी सहकार्यका अवसर विस्तार भएका छन्।
१२. नगरपालिका, सिटी, पर्यटन संस्था, बौद्ध संघ-संस्था, शैक्षिक संस्था, निजी क्षेत्र, विकास साझेदार तथा ल्च्ल्ब् लगायतका सरोकारवालाबीच सहकार्यको सञ्जाल विस्तार भएको छ।
१३.भगवान् गौतमबुद्धका शान्ति, करुणा, अहिंसा, मैत्री, सहअस्तित्व तथा मानवतावादी सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने कार्यक्रम र सहकार्य अघि बढेका छन्।
१४. भ्रमण, अन्तरक्रिया, बैठक, सम्मेलन, प्रवर्द्धनात्मक कार्यक्रम तथा अन्तर्राष्ट्रिय सम्पर्कमार्फत लुम्बिनी तथा बुद्ध परिपथको प्रचार-प्रसारको दायरा विस्तार भएको छ।
१५. लुम्बिनी तथा बुद्ध परिपथको संरक्षण, विकास, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणका विषयमा स्थानीय तहहरूबीच साझा धारणा, साझा पहल र सहकार्यको वातावरण निर्माण भएको छ।
१६. २०७५ सालदेखि निरन्तर अघि बढ्दै आएको यो अभियानले संस्थागत रूप लिँदै बुद्ध परिपथका नगरपालिकाबीच दीर्घकालीन, परिणाममुखी तथा पारस्परिक हितमा आधारित सहकार्यको आधार थप सुदृढ गरेको छ।
चुनौती र अवरोधका बीच पनि अभियान निरन्तर
यस अभियानलाई अझ संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन नगर कार्यपालिका तथा नगर सभाबाट भएका निर्णय, स्वीकृत कार्यविधि तथा O&M (Organization & Management) अनुसार स्थापित संगठन संरचनाअन्तर्गत पर्यटन तथा समन्वय शाखाको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय, सम्बन्ध विस्तार, सहकार्य, सहयोग, अनुभव आदानप्रदान तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यहरू अघि बढाइँदै आएका छन्।
स्थानीय सरकारको संवैधानिक अधिकार, कानुनी जिम्मेवारी, नगर कार्यपालिका तथा नगर सभाका निर्णय र स्वीकृत संस्थागत संरचनाअनुसार अघि बढाइएको लुम्बिनी तथा बुद्ध परिपथको महत्वपूर्ण अभियान हो।
दुःखको कुरा, यति महत्वपूर्ण र दीर्घकालीन अभियानको मूल उद्देश्य, प्राप्त उपलब्धि र लुम्बिनी तथा बुद्ध परिपथका लागि यसको आवश्यकतालाई भन्दा व्यक्ति केन्द्रित विषय, कानुनी तथा प्रक्रियागत प्रश्न र अनावश्यक विवादलाई प्राथमिकता दिँदै अभियानलाई कमजोर बनाउने प्रयासहरू पनि भइरहेका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल मर्मअनुसार स्थानीय सरकारलाई संविधान र कानूनले दिएको अधिकार, जिम्मेवारी तथा भूमिकालाई सम्मान गर्दै स्थानीय आवश्यकताअनुसार नीति, कार्यक्रम, संगठन संरचना तथा संस्थागत सहकार्य अघि बढाउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व हो। त्यसैले स्थानीय सरकारको निर्णय, अधिकार क्षेत्र र संस्थागत प्रक्रियामाथि निरन्तर प्रश्न उठाउँदै समग्र अभियानलाई नै कमजोर बनाउने प्रयासले अन्ततः व्यक्ति वा कुनै एक संस्थालाई मात्र होइन, लुम्बिनी, बुद्ध परिपथ र समग्र क्षेत्रको विकासको गति प्रभावित गर्न सक्छ।
लुम्बिनी क्षेत्रको हितमा दीर्घकालीन सोचका साथ अघि बढाइएका कार्यक्रम, अन्तर्राष्ट्रिय सम्बन्ध, नगरपालिका–नगरपालिका सहकार्य, ल्च्ल्ब् तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारी, पर्यटन प्रवर्द्धन, बुद्ध परिपथको अवधारणा र प्राप्त संस्थागत उपलब्धिलाई व्यक्ति विशेषको विषय बनाएर अवमूल्यन गर्नु वा असफल बनाउने प्रयास गर्नु दुःखद पक्ष हो।
यस अभियानका क्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी तथा सम्बन्धित सरोकारवालाले विभिन्न किसिमका प्रश्न, उजुरी, दबाब, आलोचना र असहज परिस्थितिको सामना गर्नुपरेको छ। तर यस्ता परिस्थितिका बीच पनि हामीले संयमता गुमाएका थिएनौ र छैनौँ। कानुन र प्रक्रियाको सम्मान गर्दै आवश्यक विषयमा स्पष्टता दिने, गल्ती भए सुधार गर्ने र सही कामलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता कायमै छ र रहनेछ ।
यस क्रममा सङ्घियताको मुल मर्म र स्थानिय सरकारको अधिकार, भुमिका र जिम्मेवारी प्रति वेवास्ता गरी अभियानलाई विरोधका लागि विरोधै गर्ने उद्धेश्यका साथ निरन्तर रुपमा व्यक्ति केन्द्रीत र नगरपालिका केन्द्रीत भएर निरन्तर प्रश्न, आलोचना र उजुरी, अवरोध मार्फत चुनौती दिईरहने काम भयो।
यसमा नियतवस उजुरी बाजुरी गर्ने र गलत प्रचार गर्ने कार्यमा सानोमा सानो एकदम न्यून टिम रहयो त्यो टिममा आवद्ध सबैप्रति पनि म व्यक्तिगत रूपमा धन्यवाद तथा आभार व्यक्त गर्दछु। उहाँहरूको आलोचना र प्रश्नले हामीलाई अझ स्पष्ट, पारदर्शी, जवाफदेही र संस्थागत रूपमा अघि बढ्न प्रेरणा दिएको छ। उहाँहरूको पनि निरन्तर प्रगतिको शुभकामना।
तर एउटा कुरा स्पष्ट छ–
लुम्बिनी र बुद्ध परिपथको हितमा अघि बढिरहेको अभियानलाई कसैले रोकेर रोकिँदैन, रोकिने छैन र सम्बन्धित निकायले रोक्नु पनि हुदैन भन्ने हाम्रो दृढ बुझाई र माग छ ।
कुनै आलोचना, दबाब, अवरोध वा व्यक्तिगत विरोधका कारण भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विकास, बुद्ध परिपथको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, पर्यटन विकास र बुद्धको शान्ति सन्देश विश्वभर पुर्याउने हाम्रो अभियान विचलित हुने छैन सम्बन्धित सरोकारवाला र निकाय पनि नहोस हार्दिक अनुरोध छ।
हामी विवाद खोज्न होइन, समाधान खोज्न अघि बढेका हौ त्यो चाहन्थेउ ।
हामी व्यक्ति केन्द्रित होइन, संस्था केन्द्रित प्रणाली निर्माण गर्न चाहन्छौँ।
हामी क्षणिक प्रचार होइन, दीर्घकालीन परिणाम चाहन्छौँ।
लुम्बिनीको विकास र बुद्ध परिपथको समृद्धिका लागि आज सुरु गरिएको कामको परिणाम आज मात्र होइन, भोलिका पुस्ताले समेत अनुभूति गर्न सकून् ति पुस्ताको प्राथमिकता यो अभियान परोस र पर्नेछ भन्ने हाम्रो मूल उद्देश्य हो।
त्यसैले-
लुम्बिनीका लागि,
बुद्ध परिपथका लागि,
नेपालको पर्यटन र अन्तर्राष्ट्रिय पहिचानका लागि,
र भगवान् गौतमबुद्धको शान्ति, करुणा, अहिंसा र मानवतावादी सन्देश विश्वभर पुर्याउने अभियानका लागि-लुम्बिनीवासी, बुद्ध परिपथवासी निरन्तर लागौ र यात्रा निरन्तर जारी रहोस कामन ।
जय बुद्धभूमि लुम्बिनी !
जय बुद्ध परिपथ !
विश्व शान्तिको कामना !

