२०८३ मंसिर १४ गते, आईतवार ०८:३२
  • सोट्टो लुम्बिनीद्वारा सभामुखसमक्ष अन्तर्राष्ट्रिय उडान र बेलहिया नाकाको व्यवस्थापनबारे ध्यानाकर्षण

    बुटवल – सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपाल,सोट्टो लुम्बिनी ले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेर यस क्षेत्रको आर्थिक तथा पर्यटकीय समस्या बारे ध्यानाकर्षण गराएको छ। भैरहवा भएको कार्यक्रममा सभामुख अर्याललाई लिखित रुपमा ७ बुँदे ध्यानाकर्षसहित अनुरोध गरिएको हो।

    जसमा भैरहवाको अन्तर्राष्ट्रिय उडान र बेलहिया नाकाको व्यवस्थापनको पहल गर्नुपर्ने उल्लेख छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन सोट्टो लुम्बिनीले आग्रह गरेको हो। सन् २०२७ को वेलनेस टुरिजमलाई सफल बनाउन नेपाल वायुसेवा निगम, हिमालय, बुद्ध र श्री एयरलाइन्सका कम्तीमा एक–एक वटा जहाज भैरहवा बेस गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित गर्न ध्यानकर्षण गराइएको हो।भै रहवा र पोखराको अन्तर्राष्ट्रिय उडानको लागि हवाइ टिकटमा लागाइएको भ्याट छुट गर्न पनि माग गरिएको छ।

    यस्तै बेलहिया नाकालाई व्यवस्थापन गरि पर्यटनमैत्री वातावरण निर्माण गर्न आग्रह गरिएको सोट्टो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले जानकारी दिए। बेलहियामा आइसीपी सञ्चालनमा आएपछि खाली हुने पुरानो भैरहवा भन्सार कार्यालयको क्षेत्रलाई पर्यटक, पर्यटन सवारी तथा आन्तरिक यात्रुहरूको व्यवस्थित पार्किङ स्थलका रूपमा विकास गर्नुपर्ने उनले बताए।

    भारतीय रेल सेवा बेलहिया एकीकृत जाँच चौकी हुँदै लुम्बिनीसम्म जोड्न आवश्यक पहल गर्न र लुम्बिनिका सम्पूर्ण पर्यटकिय बिध्युतिय सवारी साधनहरु यथासिघ्र संचालन गर्न पनि सोट्टो लुम्बिनीले माग गरेको छ। कार्यक्रममा पूर्व सांसद प्रमोद यादवले पर्यटकको लागि सिमानाका २४ घण्टा खुला गर्नुपर्ने धारणा राखे। सभामुख अर्यालले मागका सम्बन्धमा संसद मार्फत सरकारलाई ध्यानाकर्षण गर्ने जानकारी दिए।