२०८१ आश्विन २१ गते, सोमबार १३:११
  • सन २०२३ देखि २०३२ लाई पर्यटक दशकको रुपमा मनाइने

    काठमाडौं – सरकारले बजेट मार्फत सन २०२३ देखि २०३२ पर्यटक दशकको रुपमा मनाउने घोषणा गरेको छ । संघिय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश सरण महतले अबको १० बर्ष पर्यटक दशकको रुपमा मनाउँदै नेपालको पर्यटकीय स्थल र सेवाको अन्तराष्ट्रिय स्तरमा सघन प्रचार गरिने बताए । सन २०२३ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १० लाख पुर्याइने बजेट बक्तव्यमा उल्लेख छ ।

    यस्तै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न नेपाल घुमौं नेपाल चिनौं भन्ने नारा सहित अभियान सञ्चालन गर्ने बजेट मार्फत घोषणा गरिएको छ । यस्तै स्थानिय जात्रा, संस्कृती पर्व तथा पर्यटकिय गन्तव्यको प्रचार प्रसार गरिने अर्थमन्त्री महतले बताए ।