२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस सञ्चालन हुने भएपछि आन्तरिक उडानलाई पनि फाइदा

    भैरहवा -गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्टुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालनका लागि भारतले सहमति जनाएपछि आन्तरिक उडानलाई पनि फाइदा हुने भएको छ ।

    जाडो याममा हुस्सु र कुहिरो लागेको बेलामा भैरहवाको गौतमबुद्ध विमानस्थलमा आन्तरिक उडान प्रभावित हुने गरेको छ। उडानको लागि आवश्यक भिजिबिलिटी अर्थात पारदर्शीताको दुरी कम हुँदा पटक पटक उडानको तालिका भन्दा ढिलाइ हुने गरेको छ । कुनै दिन उडान नै नहुने अवस्था हुन्छ।

    भैरहवाको विमानस्थलमा अब थोरै भिजिबिलिटीमा पनि उडान र अवतरण हुन सक्ने नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘मौसमको कारणले नै अब रोकिनुपर्दैन। हुस्सु लाग्दा उडान र अवतरण रोकिने समस्या अब हट्छ।’ उनले भने ‘अब ८ सय भिजिबिलिटीमा पनि ल्याण्ड गर्न सक्ने अवस्था रहन्छ।’

    मौसम प्रतिकुल भइ भिजिबिलिटी कम हुँदा भैरहवा काठमाडौँ उडान स्थगित हुँदा यात्रुहरु अलपत्र पर्ने गरेका थिए। उडान र अवतरणको लागि अहिले १८ सय देखी २१ सय भिजिबिलिटी आवश्यक पर्दछ।

    आईएलएस सञ्चालन भएपछि अब प्रतिकुल मौसममा पनि तोकिएकै समयमा उडान हुने गौतमबुद्ध विमानस्थलमा बुद्ध एयरका स्टेसन म्यानेजर दर्सन घिमिरेले बताए। ‘पश्चिमबाट २१ सय मिटर र पूर्वबाट १८ सय मिटर भिजिवल हुनुपथ्र्यो। आइएलएस सञ्चालन पछि त्यो भन्दा निकै कम भिजिलिबिलिटीमा चल्ने भयो ।’ उनले भने ‘सातै बजे हुनु पर्ने उडान हुस्सु लाग्दा १०–११ बजे गर्नुपथ्र्यो। कहिले काहिँ त दिनभर उडान प्रभावित हुन्थ्यो। अब त्यो समस्या नहोला।’

    विमानस्थलमा आईएलएस उपकरण सञ्चालन हुँदा त्यही अनुसारको सिष्टम विमानमा पनि आवश्यक पर्छ । दुर्गममा उड्ने साना जहाजमा आइएलएस प्रविधिसँग कनेक्सनको सिष्टम छैन। तर भैरहवा उडान गर्ने बुद्ध, यती जस्ता ठूला जहाजहरुमा त्यो प्रविधी छ।

    गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइएलएस उपकरण जडान भएको छ । तर भारतले सञ्चालनको सहमती दिएको थिएन । आइएलएस सञ्चालन नहुँदा कुबेतबाट अन्तराष्ट्रिय उडान गर्दै आएको जजिरा एयरलाइन्सले पुस ६ गतेदेखी देखि फागुन २५ गतेसम्म उडान स्थगित गरेको थियो । अहिले जजिराले अहिले जजिराले व्यवसायीक कारण देखाउँदै डेढ महिना अघिबाट फेरि उडान रोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको भ्रमणको क्रममा भारतले आईएलएस सञ्चालनमा सहमति जनाएको हो।