२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • तानसेन-रानीमहल सडक आजदेखी असार १५ गतेसम्म बन्द हुने

    तानसेन -पाल्पाको तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक बिहीबारदेखि असार १५ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । तानसेन–रानीमहल सडक खण्डको अवलमा बाटो ढलान गर्ने काम चलिरहेकाले असार १५ सम्मका लागि सडक बन्द हुने सडक पूर्वाधार विकास कार्यालय पाल्पाका कार्यालय प्रमुख अरुण गुप्ताले बताए।
    सो समयअवधी भर बैकल्पिक सडकको प्रयोग गरी निमार्ण कार्यमा सहयोग गर्न कार्यालयले अनुुरोध समेत गरेको छ । यो सडक बन्द रहे पनि रानीमहल जाने पर्यटकहरु बैकल्पिक सडकको रुपमा अर्गली– कुडापानी, अर्तुङ्गा –छेर्लङ्ग हुँदै रानीमहल पुग्न सक्ने छन्। त्यस्तै चिलाङ्गदी–खानीगाउँ, दैलातुङ्ग हुँदै रानीमहल जान पनि सकिन्छ।
    लुम्बिनी प्रदेश सरकारले रानीमहलसम्म पुग्ने पर्यटकको सहज यातायातका लागि सडक कालोपत्रेको योजना स्विकृत गरी विगत दुई बर्ष देखि नियमित काम गर्दै आएको छ।