२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • पोखरामा पहिलाेपटक अन्तर्राष्ट्रिय उडानको अवतरण

    पोखरामा पहिलाेपटक अन्तर्राष्ट्रिय उडानको अवतरण भएको छ।

    पाेखरा चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित जहाजमा १३० यात्रु सवार थिए ।
    यही असार ८ र ९ गते  फेवातालमा आयोजना हुन लागेको नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी समेत जहाजमा सवार थिए । करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर साे जहाज बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्कनेछ ।

    अध्यक्ष तिमिल्सिनासहित सात सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएको जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।

    गएको अंग्रेजी नयाँ वर्षदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरिएको थियो । तर, अन्तर्राष्ट्रिय उडान र अवतरण भएको थिएन ।