२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • हवाइ भाडादर घट्यो, कुन ठाउँको कति

    काठमाडौँ – हवाइ भाडादर घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवा काठमाडौको उडानमा २१० रुपैया भाडा घटेको छ।

    भैरहवा काठमाडौँको लागि नयाँ भाडादर ३ हजार ८५ रुपैया कायम भएको छ। यस अघि ३ हजार २९५ रहेको थियो । त्यस्तै पोखरा भैरहवाको १ हजार ९३० रुपैया, भरतपुर भैरहवाको २ हजार रुपैया कायम भएको छ।

    काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ रहेको छ। त्यस्तै काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ भाडा लाग्ने छ।