२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • ११ महिनामा ३ लाख पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको भ्रमण


    चितवन– चालु आर्थिक वर्षको ११ महिनामा ३ लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्। राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९ /८० को सुरुआतको महिना साउनदेखि जेठसम्म दुई लाख ८८ हजार तीन सय ५९ पर्यटक आएका हुन्।

    निकुञ्जमा स्वदेशी एक लाख ९८ हजार आठ सय २६ , सार्क देशका ३५ हजार आठ सय ८६ र अन्य देशका २९ हजार पाँच सय ७६ पर्यटक आएका छन्।

    ११ महिनामा निकुञ्जले पर्यटनबाट १७ करोड ३० लाख तीन हजार नौ सय रुपैयाँ राजस्व आम्दानी गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनले कोभिडपछि निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए।