२०८१ आश्विन २१ गते, सोमबार १३:०४
  • रुपन्देहीको सियारीलाई कृषि पर्यटन गन्तव्यको रुपमा विकास गरिने

    बुटवल – रुपन्देहीको सियारीलाई कृषि पर्यटन गन्व्यको रुपमा विकास गरिने भएको छ। सियारी गाउँपालिकाको आज प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ।

    गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेद्वार प्रस्तुत नीति कार्यक्रममा कृषि पर्यटनको गन्तब्य स्थलको रुपमा सियारीलाई विकास गरिने उल्लेख छ। विशेष गरि सियारीको मत्स्य जोनलाई प्रभावकारी परिचालन गरि पर्यटन आकर्षित गर्ने घिमिरेले बताए। ‘मत्स्य जोनलाई प्रभावकारी परिचालन र छपियाको माछाको ब्यापक प्रचार र सु–ब्यवस्था मार्फत मत्स्य पर्यटन प्रवर्द्धन गरिनेछ।’ उनले भने।

    गाउँपालिका भित्रका नदी तथा वनक्षेत्र, धार्मिक क्षेत्र, पार्क निर्माणको माध्यमबाट पर्यटन विकास गरी आयआर्जन र रोजगारीको श्रृजना गरिने नीति कार्यक्रममा उल्लेख छ। सियारी पर्यटन कोरिडोरलाई अन्तर सरकार समन्वय तथा सहकार्य मार्फत कार्यान्वयनमा लगिने नीति कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिए । यहाँको पर्यटन करिडोर सियारी गौरवको एक मात्र योजना भएको बताइएको छ।

    यस्तै स्थानीय लोक सँस्कृतिको जगेर्ना गर्दै आन्तरिक पर्यटनलाई आकर्षण गर्ने नीति अवलम्वन गरिने नीति कार्यक्रममा उल्लेख छ।