२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • देवदहको खयरडाँडामा उत्खननको क्रममा प्राचीन पर्खाल र इनार फेला

    देवदह -रुपन्देहीको देवदह खयरडाँडामा उत्खननको क्रममा प्राचीन पर्खाल र इनार फेला परेको छ। खयरडाँडा क्षेत्रमा जेठ १७ गतेदेखी लुम्बिनी विकास कोषले उत्खनन् सुरु गरेको थियो । कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोलीले उत्खनन गर्दा प्राचिन संरचना फेला परेको हो।

    उत्खननको क्रममा एउटा भवनको भग्नावशेष जस्तो क्षेत्र फेला परेको कोषका पुरातत्व महाशाखा प्रमुख उप्रेतीले बताए।
    ‘त्यहाँ नेर एउटा भवनको भग्नावशेष जस्तो देखिने एरिया थियो। झण्डै ४५ मिटर लम्बाइ र ३५ मिटर चौडाइको एरियामा त्यस्तो घोष्ट वालहरु अर्थात पर्खालको इटा झिकिएको डोभहरु देखिन्छ।’ उनले भने ‘तिनै डोभहरु मध्ये एउटा डोभको हामीले उत्खनन गर्दा पर्खाल भेटेका छौं। मान्छेले निकालेर लिएर गएपनि बचेको इटा भेटेका थियौं।’

    पर्खालको पश्चिम पट्टी भने इनार फेला परेको उप्रेतीले बताए। ‘भित्रि भागको २ मिटर डायसमिटरको एउटा इनार भेटिएको छ ।’ उनले भने।

    उत्खननको क्रममा केही माटाका भाँडा समेत फेला परेको र प्राचिनकालमा यो ठाउँ धार्मिक क्षेत्र भएको अनुमान गरिएको छ। ‘पाला प्रसस्त मात्रामा पाउनुले त्यो एरिया धार्मिक क्षेत्र वा धार्मिक प्रायोजनको लागि बनाइएको भवन जस्तो देखिन्छ।’ उप्रेतीले भने ‘यसको थप अध्यन अनुसन्धान हुन जरुरी छ।’ अहिले उत्खननबाट प्राप्त भएका केही अवशेषलाई अर्थमन्त्रालयको सहमती लिएर बाहिर पठाउने उनले बताए।

    अहिले खयरडाँडाको उत्खनाल कार्य सकिएको छ। अर्को वर्ष लुम्बिनी विकास कोष र देवदह नगरपालिका मिलेर उत्खननलाई निरन्तरता दिने कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राईले बताए। ‘यो वर्षको सकियो, अर्को वर्ष नगरपालिकाले पनि केही बजेट छुट्याएर लुम्बिनी विकास कोष पनि मिलेर उत्खनन हुन्छ।’ उनले भने।

    खयरडाँडा क्षेत्रमा उत्खनन गर्न स्थानियले पटक पटक आग्रह गर्दै आएका थिए । अहिले आएर उत्खनन हुँदा स्थानिय खुशी छन्। देबदह भगवान गौतम बुद्धको मावोली क्षेत्र हो । यस अघि देवदहमा बैरिमाइ, कन्यामाइ र भवानीपुरमा उत्खनन भएको थियो ।