२०८१ आश्विन २१ गते, सोमबार १३:०६
  • श्री एयरलाइन्सका आज हुने सबै उडान स्थगित

    काठमाडौँ -श्री एयरलाइन्सले आज आफ्ना सबै उडान स्थगित गरेको छ। आज आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परीक्षण गर्ने श्री एअरलाइन्स प्रालिले जनाएको छ।

    एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोट अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ।

    सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन मानन्धरले बताए।

    शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो बिमान पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराईएको थियो । एउटा जहाजमा समस्या देखिएपछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।