२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • मणिमुकुन्द सेन उद्यान समितिको अध्यक्षमा माधव नेपाल निर्विरोध

    बुटवल- मणिमुकुन्द सेन उद्यान संरक्षण समिति बुटवलको अध्यक्षमा माधव नेपाल निर्विरोध भएका छन्। समितिको पाँचौ अधिवेसन तथा साधारण सभा २३ गते हुँदै छ। अधिवेसनको लागि भएको उमेद्वार मनोनयन दर्ताका क्रममा अध्यक्ष पदमा नेपालको मात्र उम्मेद्वारी परेको हो।

    नेपाल पुराना होटल व्यवसायी हुन्। उनी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष हुन् । त्यसै गरि होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष समेत हुन्।

    यस्तै समितिको उपाध्यक्षमा ३ जना, महासचिवमा २ जना सचिवमा २ जना र कोषाध्यक्षमा एकल उम्मेद्वारी परेको छ। बाँकी पदमा सर्वसम्मतको प्रयास भइरहेको र सर्वसम्मत हुन नसकेका पदमा २३ गते चुनाव हुने समितिका बर्तमान अध्यक्ष खेम लुइटेलले जानकारी दिए।