२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • सोट्टो लुम्बिनीको अध्यक्षमा श्रीचन्द गुप्ता

    भैरहवा– सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टोे) लुम्बिनी प्रदेशको अध्यक्षमा श्रीचन्द गुप्ता निर्वाचित भएका छन् । सोट्टो लुम्बिनीको भैरहवामा सम्पन्न दोस्रो बार्षिक साधारण सभा तथा अधिवेसनले गुप्ताको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
    जसको वरिष्ठ उपाध्यक्षमा दीपक भण्डारी, उपाध्यक्षमा उमाशंकर मिश्र, महासचिवमा अमृत पौद्धार, कोषाध्यक्षमा रवि कुमार मद्देशिया, सचिवमा दिनेश मल्ल र सह–कोषाध्यक्षमा दीपिका कार्की रहेका छन् ।

    सदस्यहरुमा निर्मला श्रेष्ठ बजिमय, गोपाल अग्रवाल, अरुण पौद्धार, मीरा सापकोटा, रामचन्द्र थपलिया, नलिन न्यौपाने, राजु भण्डारी तथा पूर्णप्रकाश पोखरेल रहेको निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता शिव प्रसाद गौडेलले जानकारी दिए ।