२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • लुम्बिनी विकास कोषले गत आर्थिक वर्षमा के-के गर्यो? यस्तो छ सदस्य सचिवको दाबी

    लुम्बिनी – लुम्बिनी विकास कोषले गत आर्थिक वर्ष २०७९/८० मा मुद्रा सटही, मायादेवी मन्दिरको गजुर जिर्णोद्वार लगायतका विभिन्न काम गरको जनाएको छ। कोषको फेसबुक पेजमार्फत सदस्य सचिव सानुराजा शाक्यले एक वर्षको अवधिमा गरेका केही कामहरुको बारेमा जानकारी गराएका छन्।

    यस वर्ष लुम्बिनी विकास कोषले मन्दिरमा चढाइएका तर वर्षौदेखी त्यत्तीकै रहेका विदेशी मुद्रा सटही गरेको थियो। यसलाई कोषले महत्वपूर्ण उपलब्धी मानेको छ। ‘१८ वटा मुलुकका पैसाहरु राष्ट्रबैंकको सहयोगमा सटही गरेर लुम्बिनीको आन्तरिक आयलाई सहयोग गर्ने किसिमले झण्डै झण्डै ५४ लाख हामीले आम्दानी गरेका छौं। यो महत्वपूर्ण कार्य हामीले सम्पन्न गरेका छौं।’ सदस्य सचिव शाक्यले भने। त्यस्तै मायादेवी मन्दिरको गजुरको जिर्णोद्वार गर्न सफल भएको पनि शाक्यले उल्लेख गरे। थाइल्याण्डको एक दाताको सहयोगमा गजुरको काम सम्पन्न भएको हो।

    सदस्यसचिव शाक्यले लुम्बिनी गुरुयोजनाका बाँकी काम मध्ये रोड नेटवर्कका काम ३५ देखी ४० प्रतिसत सम्पन्न गरेको, अन्य बुद्धस्थलहरु मध्ये रुपन्देहीको कन्यामाइ, कपिलबस्तुको गोटिहवा, सगरहवामा सुरक्षा पर्खाल निर्माण, रुपन्देही देवदहको खयरडाँडा, गोटिहवामा उत्खनन् लगायतका काम भएको जानकारी दिए।

    कोषका सदस्य सचिव सानुराजा शाक्यले आर्थिक वर्ष २०७९/८० मा भएका काम बारे यसरी बताएका छन्

    गएको आर्थिक वर्षमा हामीले धेरै महत्वपूर्ण कार्यहरु सम्पन्न गरेका छौं। मायादेवी मन्दिर परिषरमा धार्मिक क्रियाकलापको कुरा गर्ने हो भने त्यहाँ हामीले दुई तीनवटा ठूला कार्यक्रम सम्पन्न गराएका छौं। माहायानी परम्परा अनुसारको मोनलाम भयो। थेरवानी परम्परा अनुसार ५ सय जनालाई भिक्षु बनाउने काम हाम्रो अखिल नेपाल भिक्षु महासंघ राजकिय थाइ विहारको सहयोगमा हामीले सम्पन्न गरेका छौं। त्यसले लुम्बिनीलाई नयाँ एक्सपोज दिएको छ। मायादेवी मन्दिरको माथि जुन स्यम्भुको गजुर जिर्ण भएको अवस्था थियो। त्यसलाई हामीले जिर्णोद्वार गर्न यसपाली सफल भएका थियौं। थाइल्याण्डको एक दाताको सहयोगमा त्यो निर्माण सम्पन्न भएको छ। लुम्बिनीको मायादेवी मन्दिरको सरसफाइदेखि लिएर त्यो भन्दा बाहिरको पवित्र बगैंचा क्षेत्र छ । १ स्कायर बाइ १ स्कुवारको माइलको त्हाँको सर्कुलर पोण्डको सर्कुलर लेवी त्यस भित्रको ग्रिड अनुसारका गार्डेनहरुलाई हामीले यो आर्थिक वर्षमा निर्माण सम्पन्न गरेका छौ। गुरुयोजनाका बाँकी काम मध्ये यो रोड नेट वर्कका कामहरु झण्डै ३५÷४० प्रतिसत हामीले सम्पन्न गरेका छौं यो मोनाष्टिक जोनभित्र विशेष गरि। ५ हजार क्षमता हलको दोस्रो चरणको निर्माण कार्य पनि सम्पन्न भएको छ। लुम्बिीको पर्सादेखी पडरियासम्मको सडकपेटीको विजुलीकरणको कार्य पनि सम्पन्न भएको छ। साथै यसपाली बर्षौदेखी दानपेटीमा चढाइएका विभिन्न देशका विदेशी मुद्राहरु जुन सटही नभएर थन्कीरहेका थिए। त्यसमध्ये १८ वटा मुलुकका पैसाहरु राष्ट्रबैंकको सहयोगमा सटही गरेर लुम्बिनीको आन्तरिक आयलाई सहयोग गर्ने किसिमले झण्डै झण्डै ५४ लाख हामीले आम्दानी गरेका छौं। यो पनि महत्वपूर्ण कार्य हामीले सम्पन्न गरेका छौं।
    त्यस्तै हामीले लुम्बिनीको म्युजियमको स्तरिकरणको सन्दर्भमा पनि हामीले केही ठोस कार्यहरु निर्माण सम्पन्न गरेका छौं । लुम्बिनी भन्दा बाहिर जानुपर्दा कपिलबस्तुको गोटिहवाको, सगरहवा, रुपन्देहीकै कन्यामाइ मन्दिर परिसरको सुरक्षाको लागि सुरक्षा पर्खाल निर्माण सम्पन्न भएको छ। कुदानमा पर्यटक सुविधाको लागि वाक वे निर्माण सम्पन्न भएको छ।
    पुरातात्वीक अन्वेषण र संरक्षणको क्षेत्रमा गोटीहवामा त्यहाँको अव्यवस्थित बसोबासीहरुलाई त्यहाँबाट स्थानान्तरण गरेर प्राप्त गरेको जग्गामा संरक्षण कार्य सम्पन्न गराएका छौं । त्यहाँ उत्खनन् गरेर त्यहाँ प्राचित इनार भेटिएको छ । प्राचिन इनारलाई त्यहाँ संरक्षण गर्न गर्न सफल भएका छौं। त्यस्तै रुपन्देहीको खयरडाँडामा पनि उत्खनन कार्य गरेका छौं ।