२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • कुहिरेभिर र बौघागुम्बाको अवलोकनसँगै नाट्टा पाल्पाको पदयात्रा अभियान सम्पन्न


    पाल्पा – नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्ट्स ( नाट्टा) पाल्पा च्याप्टरले सञ्चालन गरेको पदयात्रा अभियान सम्पन्न भएको छ। नाट्टा पाल्पाले साउन महिनाको प्रत्येक शनिवार एकदिने पदयात्रा कार्यक्रम गरेको थियो। हाम्रो अभियान नयाँ पर्यटकिय क्षेत्रको पहिचानू भन्ने नाराका सञ्चालित अभियान अन्तर्गत साउनको अन्तिम शनिवार तान्सेन १२ डाँडाकटेरीमा रहेको कुहिरे भिरको अवसलोकन गरिएको छ।

    नाट्टा पाल्पाको टोली शनिवार विहान ७ वजे तानसेनको निशान मन्दिरवाट पदयात्राको सुरुवात गरेको थियो। दिउसो पदयात्राको टोली तानसेन १२ को सिंगल ट्रि र डाँडाकटेरिमा रहेको कुइरे भिर पुगेको थियो। कुहिरेभिरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सांसद वीरवहादुर रानाले कुहिरे भिर लगायत तान्सेन आसपासका स्थलहरुको पर्यटकीय विकास र पर्वद्धनको लागि आफूले पहल गर्ने बताए। उनले पर्यटकीय पूर्वाधार निर्माणका डिपिआर बन्नुपर्ने र त्यसपछि बहुवर्षिय बजेट पारेर व्यवस्थित गरिने जानकारी दिए।

    तानसेन १२ का वडाध्यक्ष मेयर सिंह केसीले नाटा पाल्पाले श्रावण महिनामा गरेका ४ वटा नयाँ गन्तव्यको परिचान कार्यक्रम मध्ये आफ्नो वडामा मात्र ३ वटा कार्यक्रम परेकोमा आफू खुसि भएको बताए। यो अभियानले तानसेन १२ साच्चिकै पर्यटकिय क्षेत्रको उर्भरभूमि रहेछ भन्ने लागेको उनले उल्लेख गरे। कुहिरेभिरपछि पदयात्राको टोली तानसेन १३ को वौघागुम्भा होमस्टेमा पुगेको थियो ।

    होमस्टेको सभाहलमा स्थानियवासीले स्वागत गर्दै मगर भेषभुसाको नाचगान प्रस्तुत गरेका थिए। होमस्टेमा नाटा पाल्पाले श्रावण महिनामा भएका ४ वटै गन्तव्यको समिक्षाका साथै आआफ्ना अनुभव साटासाट गरिएको थियो। साथै आगामी योजनाहरुका बारेमा पनि छलफल गरिएको थियो।

    पदयात्रामा सहभागीलाई प्रमुख अतिथि प्रदेश सांसद वीरवहादुर रानाले प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा वग्नासकाली गाउपालिकाकी अध्यक्ष सरस्वती चिदी, तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जन, त्रिभुवन वहुमुखि क्याम्पसका प्रमुख टंक भट्टराई, गेट अप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठ नाट्टा पाल्पाका संस्थापक अध्यक्ष प्रदिप कुमार उदय लगायतले आआफ्ना भनाई राखेका थिए। नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिव शाहको अध्यक्षता र सचिव सतिसराज शाक्यको संचालनमा भएको कार्यक्रममा नाट्टाका पदाधिकारी र सदस्य, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु गरि करिव ४५ जनाको सहभागीता थियो।