२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्विनीको प्रस्तुती

    लुम्बिनी -रुसको बौद्ध राज्य बुरियाटमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनीको बिषयमा कार्यपत्र प्रस्तुत भएको छ। बुरियाटको उलान उडेमा भन्ने ठाउँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्विनी विकास कोषका तर्फबाट सहभागी भएका सदस्य सचिव सानुराजा शाक्यले लुम्विनी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका हुन।

    सो अवसरमा सदस्य सचिव शाक्यले अहिले सम्म लुम्विनीमा भएका गतिविधी र कपिलवस्तुलाई प्राचीन शाक्य राजधानीको रुपमा विश्व सम्पदा सुची सूचिकृतका लागि पहल भइरहेको बताए। अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सदस्य सचिव शाक्यको प्रस्तुतीले बुद्धजन्मस्थल लुम्विनीको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

    सम्मेलनमा लुम्विनी विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, भिक्षु निग्रोध र मुकुन्द विष्टले परम्परागत बुद्ध धर्म र चुनौती सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन्। अगष्ट १७ देखि १९ सम्म संचालन भएको उक्त सम्मेलनमा रुसका विभिन्न राज्यहरुका प्रतिनिधिहरु, भारत, श्रीलंका, मंंगोलिया, म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम, चीन र नेपाल सहभागी रहेको छ।
    कार्यक्रममा बुरियात राज्यको गभर्नर (हेड अफ स्टेट) ए. एस. सेइडोनोभको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डल सँग छुट्टै भेटघाट गरी लुम्विनी र नेपाल रसियाको बौद्ध धर्म मार्पmत सम्बन्ध अझ प्रगाध हुने विश्वास गरेका छन। सो अवसरमा सदस्य सचिवबाट लुम्विनीको तर्पmबाट सिद्धार्थ गौतमको मूर्ति तथा लुम्विनी चिनाउने किताव उपहार प्रदान गरे।

    यस्तै रुसको अर्को बौद्ध राज्य काल्मिकियाको गर्भनर बि.एस.खासीकोभसँग पनि छुट्टै भेटघाट भएको र भेटमा लुम्विनी भ्रमणको निमन्त्रणा दिइएको सदस्य सचिव शाक्यले बताए। गभर्नर खासीकोभले आफू बौद्ध भएको र लुम्विनीमा दर्शन गर्न आउने इच्छा प्रकट गर्दै अर्को सम्मेलन क्याल्मिकिया गर्ने सुनाए । बुरियाटको डास्टनमा रहेको पवित्र गुम्बाका प्रमुख खाम्बो लामासँग पनि भेटघाट तथा लुम्विनीको चिनो हस्तान्तरण गरिएको छ ।

    कार्यक्रम स्थलको नगरपालिका उलान उडेका मेयर इगर युरेरिच सुटेन्को नेपालको तर्पmबाट प्रतिनिधि मण्डलमा सदस्यसचिव सानुराजा शाक्य, लुम्विनी बौद्ध विश्वविद्यालयका डिन माणिक रत्न शाक्य, बौद्ध दर्शन तथा गुम्बा व्यवस्था समितिका अध्यक्ष जिगडोल लामा, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध,रुस निवासी एनआरएन दिनानाथ राजभण्डारी, ललितपुर महानगरपालिकाका मुकुन्द विष्ट रहेका छन।