२०८१ आश्विन २१ गते, सोमबार १७:१०
  • पर्यटन मन्त्रीले राजदुतसँग भने : तातो साउदीबाट चिसो सगरमाथाको देश घुम्न पठाइदिनुस्


    काठमाडौँ-संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती र साउदी अरबका राजदुत साद अबु हाइमेदसँग भेट गरेका छन्। भेटमा नेपालमा घुम्नको लागि पर्यटक पठाउन आग्रह पनि गरे। तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटक लाई पठाई दिनुहोस्। उनले राजदुत हाइमेदसँग भने।

    किराँतीले नेपालमा पानी र पर्यटनमा लगानी गर्न समेत आग्रह गरे। उनले साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउन समेत प्रस्ताव गरे। किँरातीले भैरहवा र पोखरा विमानस्थलको लागि साउदीबाट सिधा उडानको पहल बढाई दिन पनि आग्रह गरेका छन्।