२०८१ आश्विन २१ गते, सोमबार १७:११
  • पर्यटनमन्त्री किराँतीलाई पितृ शोक

    काठमाडौँ पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ। किराँतीको बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किराँतीको सचिवालयले जनाएको छ।

    किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए। किराँतीले सामाजिक सञ्जाल मार्फत लेखेका छन् ‘…. निशब्द छु, तर भन्न बाध्य छु हार्दिक श्रद्धाञ्जली।’ किरातीका बुवाको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको लैजाने तयारी थियो। तर मौसमका कारण उडान हुन नसकेपछि पशुपतिको विद्युतीय सवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री किरातीका पिताप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। पुल्चोकस्थित मन्त्री निवास पुगेर मन्त्रीहरु, माओवादी केन्द्रका नेताहरु तथा सुभेक्षुकहरुले श्रद्धाञ्जली दिएका छन्।