२०८१ आश्विन २१ गते, सोमबार १३:०८
  • भुटानको ‘ड्रुक एयर’ले पोखरामा अन्तराष्ट्रिय उडान गर्ने

    काठमाडौँ- भुटानको ‘ड्रुक एयर’ले पोखरामा अन्तराष्ट्रिय उडान गर्ने भएको छ। भुटानको पारो इन्टरनेश्नल एयरपोर्टबाट डुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको हो। नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरले पोखरादेखि पारोमा उडान गर्ने छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले हप्तामा सातवटा फ्लाइट गर्ने गरी ड्रुक एयरले अनुमति पाएको जानकारी दिए। यसअनुसार एयरले पहिलो उडान सेप्टेम्बर ९ का दिन हुने छ।

    ड्रुक एयर पोखरामा व्यावसायिक चार्टड फ्लाइट गर्ने पहिलो अन्तर्राष्ट्रिय एयरलाइन्स बन्ने छ। यसअघि, चीनको सिचुवान एयरलायन्सले जुन २१ मा पोखरामा चार्टड फ्लाइट गरेको थियो। २२ अर्ब रुपैयाँको ऋण लगानीमा बनेको यो विमानस्थलमा व्यावसायिक उडान हुन नसकेको अवस्थामा भुटानबाट हुने व्यावसायिक चार्टड फ्लाइटले आशा जगाएको छ ।