२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • मलेशियामा होटल म्यानेजमेन्ट कोर्ष, पढ्दै र कमाउँदै एक साथ

    बुटवल -होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुको चाहानालाई मध्येनजर गरेर बुटवलको पाण्डे पाण्डे ब्रदर्श कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरले मलेशियामा सो विषय पढ्न पठाउने गरि कार्यक्रम ल्याएको छ। मलेसियामा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी पठाउने गरी सेन्टरले सरकारसँग सम्झौता समेत गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले यो विषय पढ्ने विद्यार्थीको संख्या बढेको छ ।

    कक्षा १२ उत्तीर्णपछि मलेसियामा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीका लागि तीन वर्षे कोर्ष अन्तर्गत पढ्दै कमाउँदै आफ्नो भविष्य उज्जवल बनाउन सकिने संस्थाका सञ्चालक बाबुराम पाण्डेले जानकारी दिए । यसका लागि यो वर्ष २०० जनाको कोटा रहेको र २३ जनाले नाम दर्ता गरिसकेको उनले जानकारी दिए। आफूले अत्यन्तै कम शुल्कमा गरिव तथा विपन्न वर्गका छोराछोरीलाई लक्षित गरेर यो सेवा सुरु गरेको पनि उनले बताए।

    जाँदा प्लेन टिकट र १५ देखि ५० हजार सेवा शुल्क, त्यहाँ पुगेपछि ३ वर्षसम्मको कलेज फि ३० हजार मलेसिन रिग्रेट ओभरटाइम समेत काम गर्दा तिरिने र घरमा आउँदा १२ लाख सम्म बचत गरी ल्याउन सकिने र साथमा ब्याचलरको प्रमाणपत्र पनि हुने पाण्डेको भनाइ छ ।

    कलेजमा लाग्ने शुल्क ओेजेटी गरेवापत हुने आम्दानीले तिर्न पाइने, कोर्ष पूरा गरेर फर्किंदा अन्तर्राष्ट्रियस्तरमा रोजगारीका लागि मान्यता पाउने सर्टिफिकेट पनि हुने र १२–१५ लाख आम्दानी पनि कमाएर घर ल्याउन पाइने भएकाले यो कोर्ष निशुल्क जस्तै मान्न सकिने उनले बताए।

    ‘होटल म्यानेजमेन्ट पढेर बेरोजगार बस्नु पर्दैन,यसको सुन्दर पक्ष भनेको स्वउद्यम हो ।’ उनले भने “ती वर्षे कोर्षमा आफ्नो खर्च कटाएर १२–१५ लाख रुपियाँ घरमा लिएर आउन सक्छन्”। यो कोर्श पढ्दा मासिक ६० हजार रुपियाँ सजिलै कमाउन सकिने पनि पाण्डेको भनाइ छ।

    अहिले आफ्नो संस्थासँग होटल म्यानेजमेन्ट पढ्न चाहने विभिन्न कलेजका विद्यार्थीहरु थुप्रै सम्पर्कमा आइरहेको पनि पाण्डेले बताए । पछि अन्य देशमा पनि पठाउने योजना रहेको उनले बताए ।