
भैरहवा – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्ण आपतकालिन उद्धार अभ्यास गरिएको छ। जहाज दुर्घट्ना भएमा कसरी प्रभावकारी ढंगले उद्धार गर्न सकिन्छ भनेर अभ्यास गराइएको हो। दुर्घट्नामा मानविय क्षति भएको कल्पना गरेर विमानस्थलको दक्षिण भेगमा उद्धार अभ्यास गरिएको विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहले जानकारी दिए।
उद्धार अभ्यासको क्रममा दमकल, एम्बुलेन्स, प्रहरीका गाडी, तीन वटै सुरक्षा निकायका उद्दार टोली, रेडक्रस, चिकित्सकहरु परिचालन गरिएको थियो। दुर्घट्नास्थबाट उद्दार गरेर ल्याइएको थियो। घाइतेहरुलाई अस्पताल पठाइएको देखाइएको थियो।
आपतकालिन अभ्यासको क्रममा २२ नम्बर बाहिनीका बाहिनीपति विमलराज शर्मा, कालिभक्त गणका गणपति विरेन्द्रबहादुर सिंह, शसस्त्र प्रहरी उपरिक्षक नवराज बोहोरा, रुपन्देहीका प्रहरी प्रमुख एसपी जनक शाही, विमानस्थलका प्रहरी उपरिक्षक पुष्पराज मल्ल, नेपाल बायुसेवा निगमका भैरहवा प्रमुख अनिल पौडेल, बुद्ध एयरका भैरहवा प्रमुख दर्शन घिमिरे लगायतको उपस्थिती रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

