२०८३ असार २५ गते, बिहीबार २२:५६
  • वेस्टर्न मेगा कलेज र कोड फर चेन्ज रुपन्देही बीच कोडफेस्ट गोल्ड स्पोन्सर सम्झौता

    बुटवल– वेस्टर्न मेगा कलेज प्रा. लि. र कोड फर चेन्ज रुपन्देही बीच कलेजमा अध्ययनरत तथा अन्य प्रविधि क्षेत्रका विद्यार्र्थीहरूको नवप्रवर्तन र प्राविधिक क्षमता अभिवृद्धिका लागि समझ्दारी भएको छ। समझ्दारीपत्रमा वेस्टर्न मेगा कलेजका तर्फबाट प्राचार्य अधिवक्ता किसु शर्मा तथा कोड फर चेन्ज रुपन्देहीको तर्फबाट प्रोजेक्ट लिड दिपेश पोखरेलले हस्ताक्षर गरेका छन्।

    सम्झौता कायम भए सँगै वेस्टर्न मेगा कलेज यस कोडफेस्ट २०२६ प्रादेशिक चरण (रुपन्देही) को आधिकारिक गोल्ड स्पोन्सर तथा मुख्य भेनु पार्टनर रहने छ। सम्झौता बमोजिम कलेजले हयाकाथन संचालनका लागि आवश्यक सेमिनार हल, कन्फरेन्स रुम, इन्टरनेट, २४सै घण्टा विद्युत, प्रिन्टिङ र अन्य प्राविधिक बन्दोबस्त सहितको भौतिक पूर्वाधार उपलब्ध गराउने कलेजका प्राचार्य किसु शर्माले जानकारी दिए। साथै, कलेजले कार्यक्रम अवधिभर सहभागीहरू, आयोजक, मेन्टर्स र निर्णयक मण्डल (करिब ७० जना) का लागि सुरक्षित बसोबास तथा करिब ८० जनाका लागि दुवै दिन खाजा, र खानाको पूर्ण व्यवस्था गर्ने उनले बताए।

    यस अन्तर्गत आगामी श्रावण दोस्रो हप्ता ओरिएन्टेसन कार्यक्रम तथा श्रावण १६ गते शनिबार र १७ गते आइतबार मुख्य ह्याकथन कार्यक्रम वेस्टर्न मेगा कलेजको प्रांगणमा संचालन हुने तय भएको छ। प्रविधिको विकास र विद्यार्थीहरूको व्यवसायिक सिप निखार्नका लागि कलेजले यस्ता कार्यक्रमहरूलाई सधैं उच्च प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता समेत प्राचार्य शर्माले व्यक्त गरे।

    वेस्टर्न मेगा कलेजले विगत १३ वर्षदेखि स्नातक तहमा बीएचएम पढाउँदै आएको र यस वर्षदेखि ४ वर्षे बीआइटी समेत अध्यापन सुरु गरेको छ । उत्कृष्ट छात्रवृत्ति सहित शैक्षिक वर्ष २०८३ का लागि स्नातक तहमा ४ वर्षे बीआइटी र बीएचएम एवं स्नातकोत्तर तहमा २ वर्षे एमबीएमा भर्ना समेत खुलेको छ।