
बुटवल-बुटवल–१५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजका विद्यार्र्थीहरूले सम्पदा सामाजिक कार्य अन्तर्गत नयाँमिल स्थित दुर्गा÷शिव मन्दिर परिसरमा सरसफाइ गरेका छन्। कलेजमा छैठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सोमबार मन्दिर सफाइका साथै तिर्थालु सेवा कार्यक्रम गरेका हुन्। मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्र्थीहरूलाई सेवा पुर्याउने उद्देश्यले साउन महिनाभर वेष्ट्रनका विद्यार्थीले कार्यक्रम गरिरहेको छ।
आगामी साउन २५ गते पर्रोहा स्थित बोलबमधाम र पाल्पा, दोभान स्थित सिद्धबाबा परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने कलेजले जनाएको छ। विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षामा मात्र सीमित नराखी व्यवहारिक सीप, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सकारात्मक सोच विकास गराउन यस्ता सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरूलाई निरन्तर प्राथमिकता दिँदै आएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताए। यस्ता गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक सहभागितालाई थप सशक्त बनाउने उनले विश्वास व्यक्त गरे।
कलेजमा स्नातक तहमा ४ बर्षे बीआइटी तथा बीएचएम र स्नातोकोत्तर तहमा २ वर्षे एमबीए अध्यापन गराईने र वर्ष २०८३ को भर्ना समेत खुलेको कलेजले जानकारी गराएको छ।

