२०८३ श्रावण ३० गते, शनिबार १५:३५
  • नाट्टाको अध्यक्षमा भरत जंङ्ग पाण्डे निर्वाचित

    काठमाडौ-नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा भारत जंङ्ग पाण्डे निर्वाचित भएका छन्। नाट्टाको ५९ औं बार्षिक साधारण सभा तथा २५ औं कार्यसमिति निर्वाचनबाट पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।

    शुक्रबार राति सम्पन्न मतगणनामा निर्वाचित पाण्डेले १८८ मत प्राप्त गरे। उनका निकटम प्रतिस्पर्धी युबिका भण्डारीले १५८ र जिस्वाँ तुलाधरले १०६ मत प्राप्त गरेकी छन्।

    यस्तै वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सबिता के।सी भट्टराई, महासचिवमा राज कुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा निर्वाचित भएका छन्।

    यस्तै सदस्यहरूमा सुमनलाल श्रेष्ठ,प्रकाश लोहनी,नवीन गुरूङ,सरला सापकोटा ९अधिकारी०,दिनेश मैनाली, दिपक मरासेनी, स्वस्तिका प्रधान, दीनानाथ पाण्डे निर्वाचित भएका छन् ।