२०८३ जेष्ठ २६ गते, मंगलवार ०७:३२
  • यतीले थप्यो दुई वटा एटिआर जहाज

    काठमाडौं– यती एयरलाइन्सले दुई वटा एटिआर जहाज थपेको छ। यतीले विहिवार एकैसाथ ‘एटिआर ७२–५००’ सिरिजको जहाज थप गरेको हो। बिहीबार साँझ यी दुबै जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थिए।

    जहाज थपिएसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ वटा पुगेको छ। यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो।