२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • बुद्ध एयरले गर्यो एटिआर ४२ जहाजको विदाइ

    काठमाडौँ – बुद्ध एयरले एटिआर ४२ नाइन एन–एआइनु जहाजलाई बिदाइ गरेको छ। १६ वर्षदेखि उडाइरहेको उक्त जहाज बुद्धले मंगलबार विदाइ गरेको हो। सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो। यो जहाज ७० हजार उडान साइकल पूरा गरेको छ। एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ।

    नेपाली आकाशमा ४० हजार उडान साइकल गरेको नाइन एन–एआइएन जहाजले नेपाल आउनुभन्दा पहिले ३० हजार उडान साइकल गरेको थियो। नाइन एन–एआइएनले मंगलबार काठमाडौंबाट अन्तिम माउन्टेन फ्लाइट गरेको छ। माउन्टेन उडानमा एटिआर कम्पनीका प्रतिनिधिहरू र केही गेस्टसमेत रहेका थिए। १६ वर्षको अवधिमा यो जहाजले १८ लाख यात्रुलाइ सेवा दिएको छ।