२०८३ असार २९ गते, सोमबार ००:००
  • धार्मिक पर्यटक प्रवर्द्वनका लागि देवदहमा रामायण कविता वाचन हुँदै


    देवदह – रुपन्देहीको देवदह सितलनगरमा रहेको दुर्गा पञ्चातयन मन्दिरमा विद्यालयस्तरीय रामायण कविता वाचन प्रतियोगिता हुने भएको छ। २१३ औँ भानु जयन्तीको अवसरमा असार २९ गते सोमबार प्रतियोगिता हुने भएको हो।

    देवदह नगरपालिकाको आयोजना तथा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल देवदहको ब्यवस्थापनमा प्रतियोगिता हुने कार्यक्रम संयोजक देवु भट्टराईले जानकारी दिए। मावि तहका विद्यालयहरुको सहभागितामा हुने प्रतियोगिताको विजेताले नगद पाँच हजार, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितीय हुनेले तीन हजार, तृतीय हुनेले दुई हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन्।

    आदिकवी भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चाबारे सकारात्मक सन्देश प्रभाहकालागि कार्यक्रम आयोजना गरिएको बताइएको छ। धार्मिक पर्यटकहरुको प्रवद्र्धन र देवदहमा रहेको शिश महलको प्रचारप्रशारमा प्रतियोगिता सहयोगि सावित हुने दुर्गा मन्दिर संरक्षण समितिका अध्यक्ष सिपी बस्यालले जानकारी दिए।