२०८३ असार ३१ गते, बुधबार ०२:१६
  • सैनामैना प्रेस क्लब र साइकल साथीबीच सम्झौता, सैनामैनाको चिनारीको लागि सहकार्य गर्ने


    सैनामैना -सैनामैना प्रेस क्लब र साइकल साथी सैनामैनाबीच विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्ने बारेमा सम्झौता भएको छ। आइतबार आयोजित एक कार्यक्रममा सैनामैना प्रेस क्लवका अध्यक्ष दिपक न्यौपाने र साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

    सैनामैनामा आउदो साउन १ र २ गते बृहत् रुपमा कोरा साइकल हुँदै छ। साउन १ गते कोरा साइकल रेस र सैनामैना २ हिलपार्कमा डष्टबिन स्थापना गर्ने कार्यक्रम रहेको छ। २ गते बृहत् रुपमा साइकल कोरा हुदैछ जसका निमित्त नाम दर्ता खुल्ला गरिएको छ। सैनामैना ४ मुर्गिया लुम्बिनी गेटबाट सुरु भइ रिङ रोड परिक्रमा गर्ने कोरा साइकल करिब ५५ किलोमिटर यात्रा गर्नेछ। मुर्गियाको दुर्गा मन्दिरमा आइ सांगितिक कार्यक्रम सहितसाइकिल यात्राको समापन हुने छ।

    सम्झौता कार्यक्रममा साइकल साथी सैनामैनाका अध्यक्ष गगन रानाले बिगत देखिनै सैनामैनाको चिनारीलाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गरि आएको भए पनि आम जनमानसमा कामहरु पुग्न नसकेको बताउदै अब भने सैनामैना प्रेस क्लबसङ्गको सहकार्यमा सैनामैनालाई देशभर फरक पहिचानका साथ स्थापित गरिने बताए।

    सैनामैना प्रेस क्लवका अध्यक्ष दिपक न्यौपानेले साइकल साथीसँग अबका दिनमा समाचारसङ्गै सामाजिक गतिविधिहरुमा पनि सहकार्य गरिने जानकारी दिए। सम्झौतासँगै दुवै संस्थाले आगामी दिनमा कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको साइकल साथी सैनामैनाका सचिव भुवन रावलले बताए।