२०८३ श्रावण ५ गते, मंगलवार १७:५५
  • वेस्टर्न मेगाका विद्यार्थीद्वारा मुक्तिनाथबाबा धाममा सरसफाइ तथा तीर्थालु सेवा

    बुटवल- बुटवल–१५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले नयाँगाउँस्थित मुक्तिनाथबाबा धाम मन्दिर परिसरमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम गरेका छन्। कलेजमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्र्थीहरुले सोमबारका दिन सामाजिक कार्य गरेका हुन्।

    श्रावण महिनाको पावन अवसरमा मन्दिर परिसर तथा वरपरको वातावरण स्वच्छ राख्ने र दर्शनार्थीहरूलाई सेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। कलेजका अनुसार यो अभियान साउन महिनाभरि निरन्तर सञ्चालन हुने र आगामी साउन ११ गते पाल्पा दोभानस्थित सिद्धबाबा मन्दिर र सैनामैना–४ स्थित बोलबमधाममा सरसफाइ गरिने, त्यसैगरी साउन १८ गते जानकीनगर स्थित श्री सिद्धेश्वरनाथ शिव मन्दिर र नयाँमिल स्थित दुर्गा-शिव मन्दिर तथा साउन २५ गते भैरहवा स्थित मोक्षधाम र बसदिलवा शिव मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।

    किताबी ज्ञानमा मात्र सीमित नराखी विद्यार्थीहरूलाई व्यावहारिक अनुभव दिलाउन र सामाजिक उत्तरदायित्वको बोध गराउन यस्ता रचनात्मक कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाइएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिए। कलेजका शिक्षक तथा कर्मचारीहरूको सहभागीता रहेको थियो।

    वेष्ट्रन मेघा कलेजमा स्नातक तहमा ४ बर्षे बीआइटी तथा बीएचएम र स्नातोकोत्तर तहमा २ वर्षे एमबीए पढाइँदै आएको छ। यी शैक्षिक कार्यक्रमको लागि आगामी वर्षमा भर्ना खुलेको कलेजले जनाएको छ।