२०८३ श्रावण १० गते, आईतवार ०२:३५
  • बुद्ध एयरले नेपालमै पहिलोपटक भित्र्यायो नयाँ प्रविधिको एटीआर–७२–६०० जहाज

    काठमाडौं- बुद्ध एयरले नेपालमै पहिलोपटक एटीआर–७२–६०० जहाज भित्र्याएको छ। कल साइन ९ एन-एओएस जहाज फ्रान्सको तुलुसबाट ल्याइएको हो। आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि नयाँ जहाजलाई आगामी महिनादेखि उडान सेवामा ल्याइने बुद्ध एयरले जनाएको छ।

    यस एटीआर–७२–६०० जहाजमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली छन्। क्षेत्रीय विमानमा यो सिरिजका जहाजले कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ। त्यसैगरी जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनी प्रदूषण पहिलाको सिरिजभन्दा कम हुने पनि दाबी कम्पनीले गरेको छ।

    आरएनपी-एआर भूउपग्रह प्रणाली बुद्ध एयरले आयात गरेको एटीआर–७२–६०० सिरिजको विमानमा आरएनपी-एआर (रिक्वाएर्ड नेभिगेसन पफर्मेन्स-अथोराइजेसन रिक्वाएर्ड) एप्रोच प्रणाली जडान गरिएको छ। प्रमाणित भइसकेको यस प्रणालीको सहयोगमा काठमाडौँ र भैरहवा विमानस्थलमा करिब ९०० मिटर भिजिबिलिटी भएको अवस्थामा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सकिन्छ।