२०८३ श्रावण २६ गते, मंगलवार १८:५९
  • वेस्टर्न मेगा कलेजद्वारा पर्राेहा बोलबम धाम परिसरमा सरसफाइ तथा तीर्थालु सेवा

    बुटवल-बुटवल–१५, ढवाहामा रहेको वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले रुपन्देहीको सैनामैना स्थित प्रसिद्ध धार्मिक स्थल श्री पर्राेहा परमेश्वर बोलबम धाम मन्दिर परिसरमा सरसफाइ तथा तीर्थालु सेवा कार्यक्रम गरेका छन्। कलेजमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले साउन महिनाको अन्तिम सोमबार पनि सामाजिक कार्य गरेका हुन्।

    विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सकारात्मक सोच विकास गराउन यस्ता सिर्जनात्मक एवम् सामाजिक कार्यलाई निरन्तर प्राथमिकता दिँदै आएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताए। साउन महिनाका प्रत्येक सोमबारहरूमा पनि विद्यार्थीले विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा क्षेत्रको सरसफाइसँगै तीर्थालु सेवा कार्यक्रम सञ्चालन गरेको जानकारी उनले जानकारी दिए।

    धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सरसफाइमा युवा पुस्ताको भूमिका महत्त्वपूर्ण रहेको र समाज रूपान्तरणका लागि विद्यार्थीहरूमा सेवाभाव एवम् नैतिक मूल्यमान्यताको विकास आवश्यक रहेकाले यस्ता सेवामूलक अभियानहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने कलेजले जनाएको छ।

    साथै यस कलेजमा स्नातक तहमा ४ बर्षे BHM तथा BIT र स्नातोकोत्तर तहमा २ वर्षे MBAअध्यापन गराईने र वर्ष २०८३ को भर्ना समेत खुलेको कलेजले जानकारी गराएको छ ।